Suvadin, Home

अावश्यक प्रक्रिया सुरू भइसकेकाे प्रष्टाेक्ति
स्थानीय तहकाे चुनाव कसैले राेक्न सक्दैनः यादव

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने विश्वास व्यक्त गरेका छन्। आयोगले निर्वाचनका लागि आवश्यक तयारी सुरु गरिसकेको बताउँदै प्रमुख आयुक्त यादवले निर्धारित समयमा निर्वाचन भएरै छाड्ने विश्वास व्यक्त गरेका छन्। 
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव ।

काठमाडौं, फागुन ३० – प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने विश्वास व्यक्त गरेका छन्। आयोगले निर्वाचनका लागि आवश्यक तयारी सुरु गरिसकेको बताउँदै प्रमुख आयुक्त यादवले निर्धारित समयमा निर्वाचन भएरै छाड्ने विश्वास व्यक्त गरेका छन्। 

निर्वाचनका लागि चाहिने ऐन, नियम, बजेट, जनशक्ति सबै प्राप्त भइसकेको जानकारी दिँदै उनले निर्वाचनका लागि सहज वातावरण बताउन राजनीतिक दलहरुबीचको असहमतिलाई सहमतिमा परिणत गर्न आवश्यक भएको औंल्याएका छन्।

निर्वाचन आयोगले कर्मचारी व्यवस्थापनदेखि मतपत्र छपाईको प्रक्रियाअघि बढाइसकेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले निर्वाचन प्रक्रियालाई सहयोग गर्न सबै सरोकारवाला निकायहरुसँग आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले मधेसमा आन्दोलनरत मधेसी मोर्चा पनि निर्वाचन प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरेका छन्। खास–खास परिस्थितिमा पछिल्लो समयमा आएर मात्रै राजनीतिक दलका नेताहरु मिल्ने गरेको उदाहारण प्रस्तुत गर्दै यादवले मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।

साक्षात्कारमा प्रमुख आयुक्त यादवले गाउँपालिका र नगरपालिकाको मतदान केन्द्र राख्ने काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले निर्वाचनमा करिब १ करोड ४० लाख मतदाता सहभागी अनुमान गरिएको बताएका छन्।


 

More form the Internet

loading...