Suvadin, Home

चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फिर्ता

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदार्इ गरेका हुन्।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान। तस्बिरः रासस

काठमाडौं, चैत १२ – चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदार्इ गरेका हुन्।

रक्षामन्त्री खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका थिए। 

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग पनि उनले द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए। नेपाल र चीनबीच परापूर्वकालदेखि नै मित्रवत् सम्बन्ध रहिआएको छ। 
चीनले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग पुर्याउँदै आएको छ। असंलग्न परराष्ट्रनीति र पञ्चशीलको सिद्धान्तमा आधारित हाम्रो परराष्ट्र सम्बन्धले एकअर्काको शान्तिपूर्ण सहअस्तित्वलाई सम्मान गर्दै आएको छ। 


 

More form the Internet

loading...