Suvadin, Home

प्रदेश नम्बर-७ मा कुन जिल्लाबाट कति दल चुनावमा भाग लिँदैछन् ?

निर्वाचन अायाेगले सार्वजनिक गरेकाे सूची अनुसार प्रदेश नम्बर-७ बाट स्थानीय चुनावमा तरार्इका कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी दलहरूले सहभागिता जनाउने भएका छन्। कैलाली र कञ्चनपुरमा समान २५–२५ दलले स्थानिय चुनावमा सहभागिता जनाउने निर्वाचन अायाेगले सार्वजनिक गरेकाे सूचीमा उल्लेख छ। 

डडेल्धुरा, फागुन २९ - सरकारले वैशाख ३१ गतेका लागि तह गरेक स्थानीय तहकाे चुनावमा प्रदेश नम्बर-७ बाट सहभागी हुन याेग्य दलहरूकाे नाम निर्वाचन अायाेगले सार्वजनिक गरेकाे छ।

निर्वाचन अायाेगले सार्वजनिक गरेकाे सूची अनुसार प्रदेश नम्बर-७ बाट स्थानीय चुनावमा तरार्इका कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी दलहरूले सहभागिता जनाउने भएका छन्।

कैलाली र कञ्चनपुरमा समान २५–२५ दलले स्थानिय चुनावमा सहभागिता जनाउने निर्वाचन अायाेगले सार्वजनिक गरेकाे सूचीमा उल्लेख छ। 

प्रदेश नम्बर-७ काे सबैभन्दा कम दल सहभागिता हुन लागेकाे जिल्ला बाजुरा र डोटी हुन्। जहाँ नौं–नौं वटा दलहरुले मात्रै स्थानिय निर्वाचनमा सहभागिता जनाउँदै छन्।

यस्तै, डडेल्धुरा र बैतडीमा समान १३–१३, बझाङ र दार्चुलामा १२–१२ र अछाममा ११ वटा दलहरुले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्वाचन अायाेगले जनाएकाे छ।

निर्वाचन आयोगले स्थानीय चुनावमा भाग लिन चाहने याेग्य दललाई फागुन १६ देखि १८ गतेसम्म दल दर्ताकाे सूचना प्रकाशित गरेकाे थियाे।


 

More form the Internet

loading...