Suvadin, Home

स्थानीय तहकाे चुनावः सर्वसाधारणमा अाशासँगै सन्देह पनि

‘५० प्रतिशत धन्यवाद प्रचण्ड सरकारलाई, चुनाव घोेषणा गरेकोमा। बाँकी ५० प्रतिशत धन्यवाद चाहिँ भारतलाई कुनै फिरौती नबुझाई मतदान गराएको दिन दिउँला,’ राजनीतिक विश्लेषक तथा पत्रकार राजकुमार रेग्मीले मंगलबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘चुनावमा गोप्य मतदान गरिन्छ। कसैको खेताला प्रचारक बनिँदैन। तर, खबरदारी भने जोडसँग गरिन्छ। मतदान गरेर नागरिक कर्तव्य निर्वाह गरौं।’ नेपाली जनताले लामो प्रतिक्षापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल नेतृत्वको सरकारले सोमबार साँझ स्थानीय निकाय चुनावको मिति तोकेपछि मिश्रित प्रतिक्रिया आउन थालेका छन्। लामो गतिरोध छिचोल्दै दाहालले बैशाख ३१ गतेलार्इ चुनाव मिति तोकेका हुन्।
विद्युतीय भाेटिङ मेशिनमा नमूना मतदान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्विरः शुभदिन

विप्लव मरासिनी, काठमाडौं, फागुन १०


‘५० प्रतिशत धन्यवाद प्रचण्ड सरकारलाई, चुनाव घोेषणा गरेकोमा। बाँकी ५० प्रतिशत धन्यवाद चाहिँ भारतलाई कुनै फिरौती नबुझाई मतदान गराएको दिन दिउँला,’ राजनीतिक विश्लेषक तथा पत्रकार राजकुमार रेग्मीले मंगलबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘चुनावमा गोप्य मतदान गरिन्छ। कसैको खेताला प्रचारक बनिँदैन। तर, खबरदारी भने जोडसँग गरिन्छ। मतदान गरेर नागरिक कर्तव्य निर्वाह गरौं।’

नेपाली जनताले लामो प्रतिक्षापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल नेतृत्वको सरकारले सोमबार साँझ स्थानीय निकाय चुनावको मिति तोकेपछि मिश्रित प्रतिक्रिया आउन थालेका छन्। लामो गतिरोध छिचोल्दै दाहालले बैशाख ३१ गतेलार्इ चुनाव मिति तोकेका हुन्।

चुनावको मिति घोषणालाई अधिकांशले स्वागत गरेपनि उक्त निर्णय कार्यान्वयन हुने-नहुनेमा अझैपनि उनीहरुको चिन्ता र चासो छ। अर्का पत्रकार सुशील पौडेलले लेखेका छन्, ‘मैले चाहिँ वैशाख ३१ अप्रिल एकमा पो पर्छ कि भनेर चेक गरेँ। परेनछ। अलिकति आशा पलायो।’

स्थानीय निकायको चुनाव नभएको डेढ दशकभन्दा भइसकेको छ। ती निकाय जनप्रतिनिधिविहीन हुँदा विकास-निर्माणले अपेक्षित गति लिन सकेको थिएन। स्थानीय सरकार मानिने ती निकाय कर्मचारीले चलाउदा सर्वसाधारणले त्यसमा अपनत्वको अनुभूति गर्न नपाएको गुनासो गर्दै आएका थिए।

तर, ‘बाध्यताको उपज’ भन्दै चुपचाप स्वीकारिरहेका सर्वसाधारण मिति घोषणाले अहिले उत्साहित छन्। यद्यपि तोकिएकै समयमै चुनाव हुने-नहुनेमा भने अन्योलकायमै रहेको उनीहरुले बताएका छन्।

निर्वाचन घाेषणाकाे भोलिपल्टै सडकमा

जनमत चुनावका पक्षमा रहेपनि मिति घोषणाकै दोस्रो दिनदेखि मधेसी मोर्चा भने सडकमा पुगेको छ। मंगलबार साँझ मसाल जुलुस गरेर माेर्चाले विरोधका कार्यक्रम थाल्ने जनाइसकेको छ।

यसले पनि सर्वसाधारण ढुक्क हुन नसकेका हुन्। चुनावभन्दा पहिला संविधान संशोधन भन्दै रट लगाइरहेको मधेसी मोर्चाले बुधबार मधेस बन्दकै घोषणा गरेर सरकारको घाेषणालार्इ ‘पहिलो गासमै ढुंगा’ लगाएको छ।

प्रधानमन्त्री दाहाल लगायतका शीर्ष नेता मधेसी नेतृत्वलाई फकाउने अभियानमै छन्। उनीहरु मिति घोषणापछि संशोधन प्रस्ताव पारित गरिने आश्वासन दिँदै आएका छन्। सरकार, मधेसी मोर्चा र प्रतिपक्षको आआफ्नै दाउपेचका कारण समयमै चुनाव हुनेमा सर्वसाधारणले सन्देह व्यक्त गरेका छन्।

एमालेलार्इ चुनावकाे हताराे

एक वर्षभित्रै तीनै तहको चुनाव माग गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल एमाले चुनावी अभियानमै होमिएको छ। समयमै तीनै तहको चुनाव नहुँदा देशमा संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने भन्दै एमालेले लामो समयदेखि सरकारलाई दबाब दिँदै आएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चुनाव केन्द्रित ‘मेची–महाकाली मधेस केन्द्रित अभियान’लाई सम्बोधन गरे। उनले अभियानमा कसैलाई पनि भाँजो नहाल्न चेतावनी पनि दिएका छन्।

मधेस केन्द्रित अभियानका लागि पार्टी कार्यालय धुम्बाराहीमै स्थापना गरिएको छुट्टै कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मधेसी मोर्चालाई लक्षित गर्दै उक्त चेतावनी दिएका हुन्।

उनले नगरपालिका, वडा र गाविस तहका सबै कार्यकर्तालाई आआफ्नो क्षेत्रमा सभा जुलुस गर्न र पार्टीले निर्धारण गरेको कार्यक्रममा पनि सहभागी हुन आह्वान गरेका छन्। एमालेले चुनाव मिति घोषणा लगत्तै त्यसको स्वागत गरिसकेको छ।


 

More form the Internet

loading...