Suvadin, Home

चुनावबारे अन्याैलता चिर्न दाहाललार्इ अाग्रह

सरकारको नेतृत्व गरिएको नेकपा माओवादी केन्द्रले नै निर्वाचनको वातावरण अझै बनाउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेको छ। पार्टी केन्द्रीय कार्यालयको बैठकमा स्थानीय तहको निर्वाचनको वातावरण अझै बन्न नसकेको टिप्पणी गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको चर्को आलोचना भएको हो।
नेकपा माओवादी केन्द्रकाे बैठक।

काठमाडौं, चैत ९ – सरकारको नेतृत्व गरिएको नेकपा माओवादी केन्द्रले नै निर्वाचनको वातावरण अझै बनाउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेको छ।

पार्टी केन्द्रीय कार्यालयको बैठकमा स्थानीय तहको निर्वाचनको वातावरण अझै बन्न नसकेको टिप्पणी गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको चर्को आलोचना भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको  बैठकमा नेताहरुले मधेसी मोर्चासहित वा रहित निर्वाचन भन्नेमै जनतामा अन्यौलता छाएको उल्लेख गर्दै त्यसमा प्रष्ट हुनेगरी कार्ययोजना अघि सार्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए।

निर्वाचनको वातावरण बनाउने गरी अघि बढन सरकारलाई सुझाव दिइएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिएका छन्।

बैठकमा प्रधानमन्त्री दाहालले सीमांकनबाहेकका विषयमा संविधान संशोधन गरेर भएपनि मधेस केन्द्रित दललाई निर्वाचनमा ल्याउन अधिकतम पहल भइरहेको जानकारी गराएका थिए।

बैठकले प्रधानमन्त्री दाहाललाई चीन भ्रमणका क्रममा दुई मुलुकबीचको आर्थिक विकासका लागि आवश्यक आधार तयार पार्न सुझाव पनि दिइएको छ।

बिहीबारबाट सुरु हुने प्रधानमन्त्री दाहालले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी द्विपक्षीय हितको विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रले जनाएको छ।


 

More form the Internet

loading...