Suvadin, Home

दाङमा विप्लव माओवादीको चन्दा आतंक

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको चन्दा आतंकले दाङका व्यापारी–व्यवसायी आजित भएका छन्। महाधिवेशनका लागि पार्टीले दाङका व्यापारीहरुबाट तोकेरै चन्दा मागेको रसिद शुभदिनलाई प्राप्त भएको छ। ‘चन्दा स्वेच्छिक हुनुपर्ने हो, तर विप्लव माओवादीका कार्यकर्ताले लेटर प्याडमा तोकेरै रकम माग गरेर सताउनुसम्म सताए,’ तुलसीपुरका एक जना व्यवसायी भने, ‘नदिँदा धम्की आउँछ दिउँ आफ्नो उठिबास लाग्ने परिस्थिति आयो।’
नेकपा माअाेवादीका कार्यकर्ताले व्यापारीलार्इ पठाएकाे चन्दा रसिद । तस्विरः शुभदिन

दाङ, फागुन १५


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको चन्दा आतंकले दाङका व्यापारी–व्यवसायी आजित भएका छन्। महाधिवेशनका लागि पार्टीले दाङका व्यापारीहरुबाट तोकेरै चन्दा मागेको रसिद शुभदिनलाई प्राप्त भएको छ।

‘चन्दा स्वेच्छिक हुनुपर्ने हो, तर विप्लव माओवादीका कार्यकर्ताले लेटर प्याडमा तोकेरै रकम माग गरेर सताउनुसम्म सताए,’ तुलसीपुरका एक जना व्यवसायी भने, ‘नदिँदा धम्की आउँछ दिउँ आफ्नो उठिबास लाग्ने परिस्थिति आयो।’ 

फागुन एक गते काठमाडौंको खुल्लामञ्चमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र रोल्पाको थवाङमा एक सातासम्म सञ्चालन गरेको थियो।  उक्त महाधिवेशन सम्पन्न गराउन दाङका व्यापारीवाट लाखौं रकम असुल गरिएको एक जना व्यापारीले शुभदिनलाई बताए।

उनले भने, ‘मलाई पैतिस हजार जतिको रसिद आएको थियो, अरु व्यवसायीले लाखौं तिर्नु परेको गुनासो गरेका छन्।’ रोल्पाको थवाङमा बन्दसत्र सञ्चालका लागि अढाई करोडको लागतमा एउटा सभाहल निर्माण गरिएको उक्त पार्टीले जनाएको छ।

पछिल्लो समय पार्टीको नीति वैज्ञानिक समाजवाद अख्तियार गर्ने निर्णयसहित नाम पनि परिवर्तन गर्दै नेपाल कम्यूनिष्ट पार्टी मात्रै राखेको उक्त पार्टीको व्यवहार चाहिँ समाजवाद विपरीत रहेको व्यापारीहरुले गुनासो गरेका छन्।


 

More form the Internet

loading...