Suvadin, Home
Nepal Life Insurance Ltd.

‘वान टु वान’ मिटिङमा प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने? भनेर थर्काएपछि ओली पछि हटे

ती नेताका अनुसार निर्वाचनअघि सरकार बदलिन सक्नेसम्मका कुरा दाहाल-ओलीबीच छलफल भएको छ। तत्काल सरकार परिवर्तन हुन सक्ने विषयमा पनि छलफल भएको स्रोतकाे दाबी छ। ‘प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने ? सहयोग गर्ने त मै हुँ नि, मलार्इ अप्ठ्याराेमा पार्ने? भनेर थर्काएपछि केपी कामरेडले सहजीकरण गर्नु भएको बुझेको छु,’ ती नेताले भने।
दाहाल-अोली।

काठमाडौं, पुस २६


लामो समय अवरुद्ध भएको संसद बैठक आइतबार सुचारु भयो। संविधान संशोधन विधेयक दर्ता गर्ने कार्यक्रम अनुसार कानुनमन्त्री अजयशंकर नायकले विधेयक संसदमा पेश गरे।

केही विपक्षी सांसदले सरकारले संविधान संशोधन विधेयक पेश गरेको बिरोधमा नाराबाजी गरे। तर, प्रतिपक्षी दलका प्रमुख केपी शर्मा ओली ढिलो-ढिलो गर्दै उठे। आफूपक्षीय दलका सांसदले बिरोध गर्न थालेपछि ओली उठेका थिए। 

तर, ओलीले अघिल्लो दिनसम्म सुन्नै नचाहेको संविधान संशोधन विधेयक कसरी संसदमा टेबुल गर्न दिए भन्ने प्रश्नमाथि ‘राजनीतिक पण्डित’हरू मन्थन गरिरहेका छन्।

‘यसमा कुनै नौलो कुरै छैन, सत्ताबाट हट्दाको पीडाले केपी शर्मा ओलीले नचाहिँदा विषयमा अडान लिइरहनु भएको छ,’ एमालेकै वरिष्ठ नेता माधनकुमार नेपाल पक्षका एक प्रभावशाली नेताले भने, ‘प्रचण्डजीले केपी कामरेडलाई सत्ताको स्वाद स्मरण गराइदिनु भयो, हाम्रो अध्यक्ष पनि संसदको अबरोध खुलाउन तयार भइहाल्नुभयो।’

सभामुख ओनसरी घर्तीमगरको आह्वानमा अाइतबार साढे १ बजे सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित पाँच दलको बैठकमा आ-आफ्नै अडान कायम थियो।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपाका शीर्ष नेता पनि बैठकमा उपस्थित थिए।

‘पाँच दलको बैठकमा कुनै कुरामा सहमति जुटेन,’ फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने, ‘तर, प्रधानमन्त्री र केपी ओलीजी वान टु वान मिटिङमा बसेपछि केही सहजीकरण भयो।’ 

पाँच दलको बैठकमा संविधान संशोधन विधेयकको बिरोधमा आगो ओकलेका ओलीले संसदमा आउनुअघि नै के मन्त्र पाए कि आफ्नो अडान तत्काल परिवर्तन नै गरे। पाँच दलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले धम्क्याएको, मन्त्रीकै बोल्ने शैली रुखो भएको भन्दै आक्रोशित भएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले ‘संविधान संशोधन विधेयक फिर्ता लिएपछि मात्रै कुरा मिल्छ, निकास निस्किन्छ’ भनेका थिए। प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले ओलीलाई फकाउने कोसिस गरे। र, दुई नेता ‘वान टु वान’ मिटिङमा बसे।

ओलीलाई प्रधानमन्त्री दाहालसँग भन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग बढी नै ‘इगो’ थियो। बैठकमा पनि ओलीले देउवाको अनुहारतिरै नहेरी जवाफ फर्काएको सहभागी ती नेताले बताए।

तर, बैठकमा बहस चल्दाचल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली उठेर ‘गोप्य’ वार्तातर्फ लागे। दुई जनाको अत्यन्त गोप्य भनिएको वार्तामा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्दा प्रतिपक्षले अबरोध नगर्ने सहमति भयो।

साथै एमालेसहित ९ वटै दलले सांकेतिक रुपमा बिरोध जनाउने सहमति भएअनुसार संसदका सोही व्यवहार देखियो। दाहाल र ओलीबीचको वार्ता सकिएपछि सभामुखलाई दाहालले संसद सञ्चालन गर्न जनाउ दिए। र, संसद सुचारु भयो।

कस्ताे खिचडी पाक्याे दाहाल र ओली बैठकमा?

दाहाल-अाेलीकाे बैठकमा के कुरा भयाे त? सबैको चासो यसतर्फ सोझियो। दाहाल ‘डाइनामिक’ छवि भएका नेता हुन्। आफू भावुक हुनु त प्रधानमन्त्री दाहालको स्वभाव नै हो। उनी अरुको मानसिकता बुझेर त्यही व्यवहार गर्छन्।

माधवकुमार नेपाल पक्षका ती नेताले भने, ‘प्रधानमन्त्री दाहालले संविधान जारी गर्ने बेला सुशील कोइरालालाई राष्ट्रपति र हाम्रो केपी ओलीलाई प्रधानमन्त्री बनाउँछु भनेपछि मात्रै सहमति जुटेको थियो, यसपटक पनि दाहालको त्यस्तै आश्वासन दोहोरिएको छ।’

ती नेताका अनुसार निर्वाचनअघि सरकार बदलिन सक्नेसम्मका कुरा दाहाल-ओलीबीच छलफल भएको छ। तत्काल सरकार परिवर्तन हुन सक्ने विषयमा पनि छलफल भएको स्रोतकाे दाबी छ।

‘प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने ? सहयोग गर्ने त मै हुँ नि, मलार्इ अप्ठ्याराेमा पार्ने? भनेर थर्काएपछि केपी कामरेडले सहजीकरण गर्नु भएको बुझेको छु,’ ती नेताले भने।

तर, एमालेका एक नेताले दुई जनाको गोप्यवार्तामा सरकारको विषयमा कुरा नभएको दाबी गरेका छन्।

‘प्रधानमन्त्री र अध्यक्ष कामरेड (केपी शर्मा ओली) बीच समसामयिक राजनीतिक घटना, निर्वाचन, संविधान संशोधन विधेयक र निकास निकाल्ने विषयमा कुराकानी भएको थियो,’ एमाले नेता राजन भट्टराईले शुभदिनसँग भने, ‘सरकार परिवर्तनका विषयमा कुराकानी भएको छैन।’

 

More form the Internet

loading...