Suvadin, Home

संघीयता कार्यान्वयन चुनौतीपूर्णः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयन नै सबैभन्दा बढी चुनौतीपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले संविधानले स्थापित गरेका सबै उपलब्धी महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताएका छन्। एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार एवम् स्रोतसाधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानी तहमार्फत् जनता समक्ष पुर्याउने मूल उद्देश्य रहेको भन्दै उनले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिएका छन्।
समाराेहलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्विरः राेशन सापकाेटा/रासस

काठमाडौं, फागुन ७


प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयन नै सबैभन्दा बढी चुनौतीपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले संविधानले स्थापित गरेका सबै उपलब्धी महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा ६७औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार काठमाडौंको सैनिकमञ्चमा अायाेजित विशेष समाराेहलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्ताे धारणा व्यक्त गरेका हुन्।

एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार एवम् स्रोतसाधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानी तहमार्फत् जनता समक्ष पुर्याउने मूल उद्देश्य रहेको भन्दै उनले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिए।

नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्धाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरेका छन्। सङ्घीयता कार्यान्वयनका लागि चुनाव मात्रै पनि पर्याप्त नहुने भन्दै उनले त्यसपछि बन्ने सरकारको दृष्टि र योजना महत्वपूर्ण हुने बताए।

संविधान कार्यान्वयनका लागि चुनाव अनिवार्य रहेको र चुनावले मात्रै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याई राजनीतिक संक्रमण अन्त्य गर्ने कुरामा सरकार गम्भीर र सचेत भएको प्रधानमन्त्री दाहाले उल्लेख गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उराष्ट्रपति नन्दबहादुर पुनलगायतका अतिथि ।

प्रधानमन्त्री दाहालले प्रजातन्त्र प्राप्तिका लागि सात सालदेखि अहिलेसम्म भएको घटना परिघटनाको संक्षिप्त दृष्टान्त दिँदै ६७औं प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भनि शुभेच्छा व्यक्त गरेका छन्।

संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी सर्वसाधरण सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि प्रधानामन्त्री दाहालले आह्वान गरेका छन्।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशीला कार्की, उराष्ट्रपति नन्दबहादुर पुन, मन्त्री गणहरु, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतका विशिष्ट व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियो।


 

More form the Internet

loading...