Suvadin, Home

काठमाडाैंस्थित भारतीय दूतावासअघि प्रदर्शन

कञ्चनपुर घटनाको विरोधमा स्वतन्त्र युवाहरुको समूहले भारतीय दूतावासअघि प्रदर्शन गरेका छन्। कञ्चनपुरको आनन्दबजारमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा स्वतन्त्र युवाहरुको समूहले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासअघि प्रदर्शन गरेका हुन्। 
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास ।

काठमाडौं, फागुन २७ – कञ्चनपुर घटनाको विरोधमा स्वतन्त्र युवाहरुको समूहले भारतीय दूतावासअघि प्रदर्शन गरेका छन्।

कञ्चनपुरको आनन्दबजारमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा स्वतन्त्र युवाहरुको समूहले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासअघि प्रदर्शन गरेका हुन्। 

युवाहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी हस्तक्षेपबाट केही युवाहरु घाइते भएका छन्। युवाहरुले भारतीय ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनमा सयौंको संख्यामा युवाहरु सहभागी भएका थिए। लैनचौरसँगै देशका विभिन्न भूगोलमा भारतीय प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन भएको छ।


 

More form the Internet

loading...