Suvadin, Home

ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन समन्वय समितिको बैठकले मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिएका हुन्। वि.सं. २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा यो पटक आठ वटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीका अनुसार, फुङ्लिङ नगरपालिकामा मात्र पाँच वटा केन्द्र थप गरिएका छन्।
निर्वाचन अायाेग ।

ताप्लेजुङ, चैत १२ – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन समन्वय समितिको बैठकले मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिएका हुन्।

वि.सं. २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा यो पटक आठ वटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीका अनुसार, फुङ्लिङ नगरपालिकामा मात्र पाँच वटा केन्द्र थप गरिएका छन्।

थप भएका मतदान केन्द्रमध्ये महेन्द्र आधारभूत विद्यालय आम्बोटे, याङ्लिजुङ आधारभूत विद्यालय तारिबुङ, सामुदायिक भवन र कभर्ड हल रहेका छन्। त्यस्तै, गङ्गा आधारभूत विद्यालय साँघु, सगरमाथा प्रावि खोक्लिङ र ठोट्ने आधारभूत विद्यालय ढुङ्गेसाँघुमा पनि मतदानस्थल रहनेगरी सिफारिस गरिएको अधिकारीले जानकारी दिएका छन्। 

समितिले तीनवटा केन्द्र भने परिवर्तन गरेको छ। नेरा आधारभूत विद्यालय चाँगेलाई चाँगे माविमा, मदनस्मृति प्रावि ढुङ्गेसाँघुलाई जनकल्याण माविमा र शिवालय प्रावि दोखुलाई सिद्धकाली माविमा परिवर्तन गरिएको उनले बताएका छन्। 

गाउँपालिकाको प्रत्येक वडामा एउटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुईवटा केन्द्र राख्न सकिने प्रावधान छ। त्यस्तै मतदातालाई पाँच किलाेमिटरभन्दा टाढा नपर्ने गरी केन्द्र निर्धारण गर्नुपर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताएका छन्।

तर, भैगोलिक क्षेत्र विकट र ठूलो भएको ठाउँमा केन्द्र निर्धारण गर्दा वडामा एक हजारभन्दा कम जनसङ्ख्या भए पनि केन्द्र राख्ने प्रावधान रहेको उनले बताएका छन्।


 

More form the Internet

loading...