Suvadin, Home

साउदीको जेलबाट मुक्त भएपछि प्रधानमन्त्रीसँग भेट

सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहुँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुंगाका वीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमोरियाले मंगलबार प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
प्रधानमन्त्री दाहाल।

काठमाडौं माघ १८ - सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहुँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुंगाका वीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमोरियाले मंगलबार प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

रोजगारीको क्रममा सात वर्ष साउदीको जेल परेर नेपाल फर्किएका एघार जना नेपालीसँगको सामुहिक भेटमा प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेपछि विदेशी जेलमा रहेका नेपाली छुटाउने कूटनीतिक पहल गरीरहेको बताए। उनले विदेशी जेलमा रहेका नेपालीहरुको तथ्यांक संकलन, सीड मनीको व्यवस्था, कम्पनीकै कारण बेरोजगार भएका नेपालीहरूको उद्धार गर्न सरकार लागि परेको पनि स्पष्ट पारे।

सरकारले हालै विदेशमा काम गर्ने नेपालीहरुका लागि स्वास्थ्य जीवन बीमामार्फत् २७ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरिएको पनि प्रधानमन्त्री दाहालले स्मरण गराए। प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा जाने नेपाली अन्यायमा पर्नु दुःखद् भएको बताएका छन्। 

सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका एघार नेपालीहरुले आफूहरुलाई नेपाल ल्याउने प्रक्रियामा सरकारले सहयोग गरेकोप्रति खुशी व्यक्त गरेका छन्।प्रधानमन्त्रीसँगको भेटका क्रममा पीडित भीमप्रसाद चिमोरियाले कामका लागि साउदी गएका बेला भारतीय नागरिकको हत्याको आरोपमा जेल हालेर चर्को मानसिक यातना दिएको बताए।

भेटमा क्रममा पीडितहरुले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुबनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।


 

More form the Internet

loading...