Suvadin, Home

आजको संसदको वैठक एमालेले अवरोध गर्ने 

सदन अवरोध गर्ने एमालेको रणनीतिले आफू सहित नेकपा माओवादी केन्द्रसँग मिलेर गत कार्तिक ३ मा दर्ता गरेको कार्की विरुद्धको महाअभियोग प्रस्तावको छलफल अझ पछि धकेलिने निश्चित छ । 

काठमाडौँ, मंसिर १६ ।

व्यवस्थापिका संसदको वैठक अहिले १ बजे बस्दै छ ।

आजको वैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची छ । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेकोमा विरोध गदै आएको एमालेले आजदेखि सदनमै विरोध गरिने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । एमालेले हिजो नै संसदीय दलको वैठक डाकेर सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो । एमालेले सदन अवरोध गर्ने भने पछि वैठकको तयारी लगायतका विषयमा गृहकार्य गर्न व्यवस्थापिका संसदको कार्य व्यवस्था समितिको वैठक अहिले १२ बसिरहेको छ । 

सदनमा विरुद्धको महाअभियोग प्रस्तावमा  छलफल सुस्त गतिमा अगाडि बढेको छ । यता सदन अवरोध गर्ने एमालेको रणनीतिले आफू सहित नेकपा माओवादी केन्द्रसँग मिलेर गत कार्तिक ३ मा दर्ता गरेको कार्की विरुद्धको महाअभियोग प्रस्तावको छलफल अझ पछि धकेलिने निश्चित छ । 


 


 

More form the Internet

loading...