Suvadin, Home

वाफिया विधेयक बहुमतबाट पारित

व्यवस्थापिका संसद्को बैठकले संसदको अर्थ समितिद्वारा तयार गरिएको बैंक तथा वित्तीय संस्था विधेयक २०७२ पारित गर्ने तथा व्यापार तथा सहजीकरण सम्झौता पारित गरेको छ। बैंक तथा वित्तीय संस्थाका सञ्चालकको प्रभावमा समितिबाट पारित भएर आएको भन्दै यसअघि संसद बैठकले सम्बन्धित समितिमा विधेयक फिर्ता पठाएको थियो।
संसद भवन।

काठमाडौं,  पुस २६ 


व्यवस्थापिका संसद्को बैठकले संसदको अर्थ समितिद्वारा तयार गरिएको बैंक तथा वित्तीय संस्था विधेयक २०७२ पारित गर्ने तथा व्यापार तथा सहजीकरण सम्झौता पारित गरेको छ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालकको प्रभावमा समितिबाट पारित भएर आएको भन्दै यसअघि संसद बैठकले सम्बन्धित समितिमा विधेयक फिर्ता पठाएको थियो।

विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफका क्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक पारित हुनु बैंकिङ क्षेत्रमा कोसेढुङ्गा साबित हुने दाबी गरे। मन्त्री महराले

सरोकारवालासँग लामो छलफलपछि विधेयक पारित भएको र पारित भएसँगै बैंकप्रति जनताको विश्वास बढ्ने बताए।

नेकपा एमाले लगायतका प्रतिपक्ष दलहरुको अवरोधका कारण एक महिना भन्दा बढी समयदेखि अवरुद्ध भएको संसद् बैठक आइतबारदेखि नियमित बसिरहेको छ।

नेकपा एमालेसहितका प्रतिपक्षी दलको विरोधका बीच सत्तारुढ दलले आइतबार बसेको व्यवस्थापिका संसदको बैठकमा विधेयक छलफलका लागि दर्ता गराएका थिए।

व्यवस्थापिका संसदको आइतबारको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबुल गरेका थिए। यो सँगै निर्वाचन सम्बन्धी दुई वटा विधेयक पनि संसदमा दर्ता छन्।


 

More form the Internet

loading...