Suvadin, Home

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सर्वाेच्चमा सुनुवार्इ सुरू

सरकारले प्रहरी नायव महानिरीक्षक डिअाइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेपछि सर्वोच्च अदालत परेका रिटमाथि बहस सुनुवार्इ बिहीबार पनि भइरहेकाे छ। बिहान ११ बजे सुरू भएकाे बहस अहिले पनि जारी छ। अधिवक्ता कपिलदेव ढकाल र डिआइजी नवराज सिलवालले दायर गरेका दुर्इ वटा रिटमाथि न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा बहस भइरहेकाे छ। बुधबार निवेदकको तर्फबाट बहस भएको थियाे।
सर्वाेच्च अदालत ।

काठमाडौं, फागुन १२


सरकारले प्रहरी नायव महानिरीक्षक डिअाइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेपछि सर्वोच्च अदालत परेका रिटमाथि बहस सुनुवार्इ बिहीबार पनि भइरहेकाे छ। बिहान ११ बजे सुरू भएकाे बहस अहिले पनि जारी छ।

अधिवक्ता कपिलदेव ढकाल र डिआइजी नवराज सिलवालले दायर गरेका दुर्इ वटा रिटमाथि न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा बहस भइरहेकाे छ। बुधबार निवेदकको तर्फबाट बहस भएको थियाे।

सर्वाेच्च अदालत स्राेतका अनुसार निवेदकको तर्फबाट ओमप्रकाश अर्याल, भीमार्जुन आचार्य, शम्भु थापालगायतका अधिवक्ताले बहस गरेका छन्। निवेदकको तर्फबाट थप बहस हुन बाँकी रहेकाले बिहीबारका लागि हेर्दा-हेर्दै शिर्षकमा राखेर बहस थालिएकाे हाे।

बिहीबारै विपक्षीको तर्फबाट बहस हुने सम्भावना छ। बुधबार बहस नसकिएपछि हेर्दाहर्दैमा राखिएको हाे। बहसका लागि कानुन व्यवसायीहरुको सूची लामो भएकाले बहस केही दिन लम्बिन सक्ने सर्वाेच्च स्राेतले जनाएकाे छ।

अधिवक्ता ढकालको रिटमा प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि प्रहरी महानिरीक्षक नियुक्तिकाे निर्णय कार्यान्वयन अन्याैलमा परेकाे छ।


 

More form the Internet

loading...