Suvadin, Home

भारतको उडिसामा विस्फोट, आठ प्रहरीको मृत्यु, पाँच घाइते

पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका  छन्। प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन्। प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान गरेका छन्।

नयाँदिल्ली, माघ २० - पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका  छन्।

प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन्। प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान गरेका छन्।

घटना उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरदेखि ४३७ किलोमिटर दक्षिणपश्चिममा पर्ने कोरापुट जिल्लाको सुन्कीनजिकैको मुख्य सडकमा भएको थियो।

घटनामा परी मृत्यु हुनेमध्ये चार जनाको घटनास्थलमै र अरुको अस्पतालमा मृत्यु भएको उडिसा प्रहरीका प्रमुख केपी सिंहले पत्रकारहरूलाई जानकारी दिए

ती प्रहरीहरू अर्को जिल्लामा हुन लागेको तालिममा सहभागी हुन जाँदै गर्दा सो आक्रमण भएको हो। प्रहरी गाडीमा १३ जना चढेका थिए। रासस

 

 


 

More form the Internet

loading...