Suvadin, Home

पूर्वाधारकाे विकासमा प्रधानमन्त्री दाहालकाे जाेड

प्रधानमन्त्री पुष्पकमल दाहालले दीर्घकालिन सोचका साथ पूर्वाधार विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। उनले विकासको आधार नै पूर्वाधार भएको उल्लेख गर्दै समग्र विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार विकासमा मुलुकको पहिलो प्राथमिकता रहेको बताएका हुन्। आइतबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो पूर्वाधार विकास सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार विकासका लागि निजी तथा सरकारी साझेदारी आवश्यक रहेकोमा जोड दिएका छन्। 
प्रधानमन्त्री पुष्पकमल दाहाल ।

काठमाडौं, फागुन ८


प्रधानमन्त्री पुष्पकमल दाहालले दीर्घकालिन सोचका साथ पूर्वाधार विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। उनले विकासको आधार नै पूर्वाधार भएको उल्लेख गर्दै समग्र विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार विकासमा मुलुकको पहिलो प्राथमिकता रहेको बताएका हुन्। 

आइतबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो पूर्वाधार विकास सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार विकासका लागि निजी तथा सरकारी साझेदारी आवश्यक रहेकोमा जोड दिएका छन्। 

निजी क्षेत्रको सहभागिता बिना सरकार एक्लैले पूर्वाधार विकासमा काम गर्न नसक्ने भन्दै उनले प्रत्येक क्षेत्रमा नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न चाहाने बताएका छन्।

नेपालको पूर्वाधार विकासका लागि नयाँ सोच र प्रविधि पहिचान गर्ने उद्देश्यका साथ काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन सुरु भएको हो।

नेपाल उद्योग परिसंघले यसअघि २०१४ मा पनि यस्तै पूर्वाधार विकास सम्मेलन गरेको थियो।


 

More form the Internet

loading...