Suvadin, Home

रोल्पालाई ५ नं प्रेदशमै राख्न माग गदै विरोध सभा 


रोल्पा,मङ्सिर  ८ 
प्रस्तावित ५ नं प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधन हुन लागेको भन्दै रोल्पाका प्रमुख दलहरुले  विरोध प्रदर्शन गरेका छन् । सरकारले मधेसकेन्द्रित दलको माग सम्बोधन गर्ने भन्दै संविधान संशोधनमार्फत ५ नं प्रदेशका पहाडी जिल्ला हटाउन लागेको भन्दै रोल्पाली आन्दोलनमा उत्रिएका हुन् ।

सर्वदलीय तथा सर्वपक्षीय सरोकारवालाको आयोजनामा भएको प्रदर्शनमा ‘ऐतिहासिक परिवर्तनमा रोल्पाले खेलेको भूमिकाको सम्मान गर, ५ नं प्रदेशवाट पहाडी जिल्ला छुट्याउ पाइँदैन, ५ नं प्रदेशका जनताको एकता जिन्दावाद’ लगायतका नारासहित सदरमुकाम लिवाङमा नगर परिक्रमा गरिएको थियो । 

विरोध सभामा नेपाली काँग्रेस, रोल्पाका सभापतिसमेत रहेका सांसद अमरसिं पुनमगर, नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तिमगर लगायतले ५ नं प्रदेशबाट रोल्पालाई छ’ट्याए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्  । जनतालाई आह्वान गरेका थिए । 

आजपनि सर्वदलीय सर्वपक्षीय बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको रोल्पा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विश्वकुमार चन्दले जानकारी दिएका छन् । 
 


 

More form the Internet

loading...