Suvadin, Home

लिम्बुवान अगुवा कमल छाराहाङको निधन

संघीयताका पक्षपाती तथा लिम्बुवान मुक्ति मोर्चाका संयोजक कमल छाराहाङको ७० वर्षको उमेरमा निधन भएको छ। आठपहरिया राई समाजको कार्यक्रममा सहभागी हुन शुक्रबार धनकुटा पुगेका पहिचानवादी नेता छाराहाङ शनिबार निधन भएको हो।
लिम्बुवान मुक्ति मोर्चाका संयोजक कमल छाराहाङ ।

काठमाडौं, चैत ६ – संघीयताका पक्षपाती तथा लिम्बुवान मुक्ति मोर्चाका संयोजक कमल छाराहाङको ७० वर्षको उमेरमा निधन भएको छ। आठपहरिया राई समाजको कार्यक्रममा सहभागी हुन शुक्रबार धनकुटा पुगेका पहिचानवादी नेता छाराहाङ शनिबार निधन भएको हो।

समाजका एक सदस्यका अनुसार शनिबार मध्यान्ह कार्यक्रम स्थलमा हृदयघात भएर बेहोस भएका छाराहाङलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा अपरान्ह तीन बजे उनको निधन भएको हो।

लामो समयदेखि जातीय मुक्तिको आन्दोलनमा रहेका छाराहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हुँदै लिम्बुवान मुक्ति मोर्चा संघीयवादीका संयोजक भएका थिए। छाराहाङको श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्।

विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदिप तिगेलाले नेता छाराहाङको निधनप्रति दुख व्यक्त गरेका छन्। उनले पहिचान पक्षधरहरुको आन्दोलनको सशक्त योद्धा गुमाउनु परेको भन्दै छाराहाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष पुर्णबहादुर घर्तीमगरले उनको निधनले इतिहास, पहिचान र अधिकारको आन्दोलनमा क्षति पुगेको बताएका छन्।


 

More form the Internet

loading...