Suvadin, Home

तत्काल निर्वाचन घोषणा नगरे संविधान धरापमा : अध्यक्ष थापा

सत्तासाझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको मिति घोषणा नगरे नयाँ संविधान नै खतरामा पर्न सक्ने चेतानी दिएका छन्।
कमल थापा।

काठमाडौं, माघ २९ - सत्तासाझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको मिति घोषणा नगरे नयाँ संविधान नै खतरामा पर्न सक्ने चेतानी दिएका छन्।

काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता थापाले सरकारकै अकर्मण्यताका कारण राजनीतिक गतिरोध लम्बिएको उनले जिकिर गरेका छन्। सरकारको ध्यान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित नभएको आरोप लगाउँदै अध्यक्ष थापाले सरकारको हेलचेक्राईं र बलमिच्याईंका कारण राजनीतिक स्थिति जटिल बनेको बताए । 

निर्वाचन सम्बन्धी सबै विधेयकहरु संसदबाट पारित भइनसकेको स्थितिमा १० दिनसम्म संसद स्थगित गर्नु र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन हेरफेर गराउन खोज्नुले सरकारको नियतमाथि शंका पैदा भएको अध्यक्ष थापाको भनाइ थियो।

आफ्नो पार्टी सरकारमा भएपनि महत्वपूर्ण निर्णयमा मुख्य दलहरुले उपेक्षा गरेको गुनासो समेत गरे। 


 


 

More form the Internet

loading...