Suvadin, Home

सरकार परिवर्तन हुने ओलीको दाबी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने संकेत गरेका छन्। अध्यक्ष ओलीले निर्वाचनको मिति आफ्नै पार्टीले घोषणा गर्ने दावी समेत गरे। मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका सञ्चारकर्मीमाझ अध्यक्ष ओलीले सरकारको आयु जम्मा चार महिना रहेको उल्लेख गर्दै जति उफ्रे पनि निर्वाचन गराउन नसक्ने टिप्पणी गरे।
एमाले अध्यक्ष केपी अाेली।

काठमाडौं, पुस १२


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने संकेत गरेका छन्।

अध्यक्ष ओलीले निर्वाचनको मिति आफ्नै पार्टीले घोषणा गर्ने दावी समेत गरे।

मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका सञ्चारकर्मीमाझ अध्यक्ष ओलीले सरकारको आयु जम्मा चार महिना रहेको उल्लेख गर्दै जति उफ्रे पनि निर्वाचन गराउन नसक्ने टिप्पणी गरे।

उनले निर्वाचनको मिति आफ्नै पार्टीले घोषणा गर्ने उल्लेख गर्दै हेर्दै जान पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे।

कांग्रेस र माओवादी केन्द्रबीच नौ महिनामा सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति भएकोतर्फ संकेत गर्दै अध्यक्ष ओलीले सरकारको दिनगन्ती सुरू भइसकेको बताए।

उनले निर्वाचन घोषणा गरेर मुलुकलाई निकास दिन एमाले तयार रहेको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउन छनक समेत पनि नदिएको आरोप पनि लगाए।

उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा कहीँ कतै निर्वाचनका विषयमा नबालेको पनि दोहोर्याए।

संशोधन प्रस्तावको कुनै बुँदाले पनि निर्वाचनको बारेमा बोलेको भए देखाई दिन पनि चुनौती दिए।

अध्यक्ष ओलीले सरकारले विकासको नाममा सिन्को पनि नभाँचेको आरोप पनि लगाए।

उनले विकासको नाममा सरकारले गुरिल्ला टे«ल नामको संग्राहलय बनाउने घोषणा गरेको भन्दै कटाक्ष पनि गरे।

अध्यक्ष ओलीले मुलुकलाई निकास दिन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए।

उनले निर्वाचन गराउने दिशामा सरकार लागि नपर्दा आफूहरू अप्ठयारोमा परेको गुनासो पनि गरे।


 

More form the Internet

loading...