Suvadin, Home

संशोधन विधेयक फिर्ता नलिए सरकार अप्ठेरोमा : ओली

प्रमुख प्रतिपक्ष एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार अप्ठयारोमा पर्ने प्रतिक्रिया दिएको छ। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सर्वाेच्च अदालतले संविधान संशोधन प्रस्ताव संसदबाट पारित भए पनि बदरभागी हुने आदेश दिएकाले फिर्ता लिँदा मात्रै सरकारलाई पनि सहज हुने बताए।
केपी अोली।

काठमाडौं, पुस १९


प्रमुख प्रतिपक्ष एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार अप्ठयारोमा पर्ने प्रतिक्रिया दिएको छ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सर्वाेच्च अदालतले संविधान संशोधन प्रस्ताव संसदबाट पारित भए पनि बदरभागी हुने आदेश दिएकाले फिर्ता लिँदा मात्रै सरकारलाई पनि सहज हुने बताए। सर्वोच्च अदालतले सोमबार दिएको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अदालतको फैसलाले सरकारलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन सहज बाटो खोलिएको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशमा प्रदेशको सीमांकन सम्बन्धि प्रस्ताव संसदबाट पास भए पनि त्यो असंवैधानिक कदम हुने र बदरभागी हुने भएकाले सरकारले फिर्ता लिएर सहज बाटो रोज्ने विश्वास पनि व्यक्त गरे।

अध्यक्ष ओलीले सर्वाेच्च अदालतको आदेशले संविधान संशोधनको सम्बन्धमा आफ्नो पार्टीले लिएको दृष्टिकोण, रणनीति र कदम सहि रहेको पुष्टि गरेको दावी पनि गरे। उनले राजनीतिक र संवैधानिक दुबै रुपमा आफूहरूले लिएको अडान सही रहेको र सोही अनुसार अघि बढदा नै राष्ट्र र जनताको हित हुने पनि दावी गरे।

एमालेले संविधानले समेत निषेध गरेको सीमांकन हेरफेरको विषय संसदमा पेश गराउनै नहुने अडानसहित संसद र सडक दुवै संघर्षलाई तीव्रता दिँदै आएको छ।

 


 

More form the Internet

loading...