Suvadin, Home

‘सरकार आत्महत्याको बाटोमा’

प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकार आत्महत्याको बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्। उनले समयमै निर्वाचन नगराउने हो भने सरकार र सत्ता पक्ष जनताबाट अलग हुने चेतावनी पनि दिए। निर्वाचनमा हार्ने डरले सरकार थरथर कामिरहेको टिप्पणी गर्दै नेता पण्डितले भने, ‘जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन नसके सरकारको औचित्य समाप्त हुन्छ।’
लालबाबु पण्डित।

काठमाडौं, माघ २६– प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकार आत्महत्याको बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्।

उनले समयमै निर्वाचन नगराउने हो भने सरकार र सत्ता पक्ष जनताबाट अलग हुने चेतावनी पनि दिए। निर्वाचनमा हार्ने डरले सरकार थरथर कामिरहेको टिप्पणी गर्दै नेता पण्डितले भने, ‘जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन नसके सरकारको औचित्य समाप्त हुन्छ।’

भक्तपुरमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा नेता पण्डितले आफ्नो पार्टी छिटोभन्दा छिटो मुलुकमा निर्वाचन सम्पन्न होस् भन्ने पक्षमा उभिएको स्पष्ट पारे ।

‘मधेसवादी दलहरूलाई निर्वाचनमा गएर जनताको अभिमत ल्याई संविधान संशोधन गर्न पनि चुनौती दिन्छु,’ उनले भने, ‘मुलुकमा विभाजन ल्याउने प्रयास भइरहको छ। त्यसलाई कुनै पनि हालतमा सफल हुन दिदैनौं।’


 

More form the Internet

loading...