Suvadin, Home

सर्वोच्च अदालतबाट लोकमान बर्खास्त, अख्तियार प्रमुख हुन योग्यता नपुगेको फैसला

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की अख्तियार प्रमुख हुन आयोग्य रहेको फैसला सुनाएको छ। कार्कीको योग्यतासम्बन्धी रिटउपर न्याधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासले अख्तियार प्रमुख हुन कार्कीको योग्यता नपुगेको फैसला गरेको हो।
लोकमानसिंह कार्की।

काठमाडौं, पुस २४


सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की अख्तियार प्रमुख हुन आयोग्य रहेको फैसला सुनाएको छ। कार्कीको योग्यतासम्बन्धी रिटउपर न्याधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासले अख्तियार प्रमुख हुन कार्कीको योग्यता नपुगेको फैसला गरेको हो।

सर्वोच्च अदालतको यो फैसलासँगै कार्की पदबाट बर्खास्त भएका छन्। कार्की अख्तियारको प्रमुख हुन योग्य नरहेका प्रमाणकै आधारमा बर्खास्त भएका हुन्। व्यवस्थापिका संसदमा उनीविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव विचाराधीन अवस्थामा छ।

२०७० वैशाख २५ गते नियुक्त भएका कार्कीको योग्यता नपुगेको कारणहरू उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए। खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा उनलाई संवैधानिक परिषदले अख्तियार प्रमुखमा सिफारिस गरेको थियो। सर्वोच्चको यो फैसलासँगै संवैधानिक परिषदको निर्णयमा पनि प्रश्न उठेको छ।

लोकमान अयोग्यताका आरोप के हुन्?

लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरी अनुभव र ख्यातिप्राप्त गरेको व्यक्ति त्यस्तो पदमा नियुक्ति हुनुपर्ने संविधानमा उल्लेख छ। तर, कार्कीको सेवा अनुभव पुग्दैन। उनी ०४१ सालदेखि ०४७ सम्म राजप्रसाद अन्तर्गतका कर्मचारी हुन्। उनी ०४८ देखि मात्रै निजामती सेवामा प्रवेश गरेका हुन्। उनले राजस्वलगायत क्षेत्रमा काम गरे पनि बीचमा ०५१ देखि ०५९ सालसम्म मुद्दा खेपे। एयरपोर्टबाट सुन तस्करी गरी भष्ट्राचार गरेको आरोपसहित उनीविरूद्ध अख्तियारले मुद्दा चलायो।

०६२ /०६३ मा जनआन्दोलन दमन गरेबापत उनको मुख्यसचिव पद खोसियो। विभागीय कारबाही गरियो। उनी अफिस नै नगइकन घरमै बसे। त्यसकारण दुई वर्ष त्यहाँ पनि सेवा अवधि खाली रह्यो। तोकिएका छ वटा विषयमध्ये कुनै पनि विषयमा उनको अनुभव पुग्दैन। सबै अनुभव तथा सेवा अवधि जोड्दा पनि उनको जम्मा १३ वर्ष जति विषयगत अनुभव पुग्छ। उनी निजामती सेवा अन्तर्गत प्रशासनमा रहेर काम गरेका भए पनि त्यो अनुभवलाई संविधानले मान्यता दिएको छैन।

उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ वर्षसम्म मुद्दा चलायो। अदालतले उनकै पक्षमा फैसला गर्यो। त्यसउपर पनि अख्तियारले चित्त बुझाएन। अख्तियार अदालतको आदेश मान्न बाध्य छ तर त्यो आदेशप्रति सन्तोष मानिरहेको छैन। आफूलाई मुद्दा चलाएको संस्थाकै प्रमुख बन्न पनि उपयुक्त थिएन। संवैधानिक परिषदले अख्तियार प्रमुख हुन उपयुक्त पात्र पनि हुनुपर्छ भनेको छ। तर, कार्की अख्तियारले नै मुद्दा चलाएका व्यक्ति भएकाले उपयुक्त पात्र थिएनन्।

योग्यता मात्र होइन, उनीप्रतिको जनभावना पनि राम्रो हुनु पर्दथ्यो। तर, जनभावना उनको पक्षमा विकुल्लै थिएन। उच्च व्यावसायिक, सामाजिक छवि, इमानदार र उच्च नैतिक चरित्र उनमा देखिएन। किनभने इमानदार नभएको कारण नै उनको पद खोसिएको थियो। उनले करिब दुई वर्षजति घरमै बसेर जागिर खाए। उनले पदको दुरुपयोग पनि गरे।

उनले जनआन्दोलनको बेला पदको दुरुपयोग गरी धनजनको क्षति पनि गरेकाले रायमाझी आयोगले उनलाई दोषी ठहर्यायो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा केपी ओली संलग्न रहेको एक उपसमितिले ०६४ सालमा उनलाई भविष्यमा कुनै पनि पदका लागि अयोग्य ठहर्याएर कारबाहीको सिफारिस पनि गर्यो। त्यो निर्णयलाई अख्तिायरले पनि समर्थन गर्यो।

उनलाई विभागीय कारबाही पनि चलाइयो। बर्खास्तको निर्णय पनि गराइयो। त्यसलाई वैधता दिन लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ। उनको बर्खास्तका लागि लोकसेवामा फाइल पुगेपछि उनले ०६५ सालमा मुख्यसचिव पदबाट राजीनामा दिए। तर, उनले कारबाही छल्नका लागि मात्रै राजीनामा दिएको घटनाक्रमले पुष्टि गर्दछ।

लोकमानको छवि उच्च नैतिक त कहाँ हो कहाँ औसत नैतिक पनि नरहेको अधिवक्ता अोमप्रकाश अर्याल बताउँछन्। विवादित छवि बोकेका कार्की त्यसकारण पनि उनको चरित्रप्रति सार्वजनिक रुपमा प्रश्न उठेको हो। त्यसैकारण उनको नियुक्ति अवैध र गैरकानुनी भएको भनी नियुक्ति बदर गर्न मुद्दा दायर गरिएको हो।


 

More form the Internet

loading...