Suvadin, Home

कार्कीमाथि लगाइएको कसुर सही सावित भयाेः सिफारिस समिति

व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको कसुर सही सावित भएको जनाएको छ। समिति अन्तरगतको उपसमितिले कार्कीमाथिको महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरु सत्य सावित भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। तत्कालीन अख्तियार प्रमुख कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्रायशः सत्य ठहरिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिएका छन्।

काठमाडौं, माघ २३


व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको कसुर सही सावित भएको जनाएको छ। समिति अन्तरगतको उपसमितिले कार्कीमाथिको महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरु सत्य सावित भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो।

तत्कालीन अख्तियार प्रमुख कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्रायशः सत्य ठहरिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिएका छन्। उनले सम्बन्धित निकायसँग सोधपुछ गर्दा कार्की दोषी देखिएको पनि स्पष्ट पारेका छन्।

उपसमितिलाई कार्कीमाथि लगाइएको महाअभियोगबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको थियो। एक हप्ताको समयसीमा माघ १९ गते भित्रै प्रतिवेदन तयार गरिएको र अब समितिमा बुझाइने उपसमितिले जनाएको छ।

उपसमितिले आफ्नो कार्यकालमा कार्कीले विभिन्न निकायमा अनुसन्धानका लागि भन्दै गरेको पत्राचारको सम्पूर्ण विवरण मगाएर छानविन गरेको थियो। उपसमितिले कार्कीमाथि लगाइएको महाअभियोगको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयसँग पनि परामर्श गरेको थियो।

कार्कीले अख्तियारमा रहँदा गरेका कसुर सम्बन्धी आवश्यक अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिले बिडारीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उपसमितिका संयोजक बिडारीले सीमित स्रोत, साधन र समय भित्र प्रतिवेदन तयार पार्नु परेको पनि स्पष्ट पारेका छन्।

सर्वोच्च अदालतले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई अयोग्य ठहर गर्दै पदमुक्त गरिसकेको छ। कार्कीलाई अख्तियार दुरुपयोग गरेको, संसद र सर्वोच्च अदालतको मानहानी गरेको, समानान्तर सत्ता चलाउन खोजेको अाराेप लगाइएकाे थियाे।

त्यसैगरी, संवैधानिक निकायका प्रमुखको हैसियत अनुसारको आचरण नगरेको, मेडिकल शिक्षामाथि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेकोलगायतका आरोप लगाउँदै पेश गरिएको महाअभियोग प्रस्ताव संसदमा विचाराधीन अवस्थामा छ।


 

More form the Internet

loading...