Suvadin, Home

लोकमानले कानुनी प्रतिरक्षा गर्न नपाउने?

 लोकमानको अनुहारमा लागेको कालो अदालतका कर्मचारीले पानीले पखालिदिएका थिए। यस प्रकरणले कानुनी प्रतिरक्षा गर्नेलाई झस्काएको छ। कानुनी प्रतिरक्षाको बाटोमा बाह्य शक्तिको पहुँच स्थापित गरेको छ। 
तस्वीरहरू साैजन्य पत्रकार मदन भन्डारी ।

गोविन्द लुइँटेल, काठमाडौं, पुस ७

कार्यालय नखुल्दै

बिहान सर्वाेच्च अदालत  खुल्नअगाडि बेग्लै माहोल थियो। सर्वाेच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी परेको रिटको सुनुवाइ हुने दिन कार्यालय समयअगावै पत्रकार र वकिलस र्वाेच्चमा पुगिसकेका थिए। उनीहरूलाई मात्रै होइन, आमनागरिकलार्इ पनि कार्कीको मुद्दामा के हुन्छ भन्ने कुराले सर्वाेच्चतिर ध्यान खिचेको थियो। कार्की अख्तियार प्रमुख बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले ५ कात्तिकमा रिट दायर गरेका थिए।  बिहीबार दोस्रोपटक कार्की माथिको मुद्दामा सुनुवाइ हुन लागेको थियो।

 विहान १० बजेपछि 

 सर्वाेच्च अदालतमा काम लिएर आउने सर्वसाधारण त ज्यादा नै थिए बिहीबार। अरु दिनभन्दा वकिल र सञ्चारकर्मीको बाक्लो भीड थियो।  सुनुवाइ कति बजे सुरु होला भन्दै उनीहरु अदालत परिसरमा टहलिँदै थिए। काममा आउने-जानेहरू पनि  धेरै वकिल, पत्रकार र सुरक्षाकर्मीको भीड देखेर  थोरै जिज्ञासु देखिन्थे।

 ११ बजे पछि  

जब इजलास नम्बर ६ मा लोकमानको मुद्दाको सुनुवाइ सुरु भयो। बेन्चसम्म पुग्ने पत्रकारहरू जम्मा तीन जना मात्रै थिए। बिहीबार वेन्चमा अरु पत्रकारलाई जान नदिएपछि उनीहरू अदालतप्रति गुनासो गदै बाहिर सुनुवाइ कतिबेला सकिन्छ भन्दै प्रतीक्षा गरिरहेका थिए। न्यायाधीश डा. आनन्द मोहन भट्टराई, ईश्वरप्रसाद  खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा कार्कीमाथि परेको मुद्दाको सुनुवाइ चलिरहेको थियो।

त्यतिकैमा कार्कीको पक्षमा बहस गर्न नाम टिपाएका केही  वकिलहरूले नाम हटाउन भन्दै निवेदन दिएको सूचना सार्वजनिक भयो। निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाशअर्याल, शम्भु थापा, सुरेन्द्र  भण्डारीलगायत एक दर्जन वकिले कार्कीविरुद्धको मुद्दामा साढे दुई घण्टा बहस गरेपछि खाजाको समय भयो। खाजा खाने क्यान्टिन पनि अरु बेलाभन्दा टनाटन भरिएको थियो।

दिउँसो ३ बजेपछि सरकारी वकिलहरूको तर्फबाट बहज सुरू भयो। सरकारी वकिलको तर्फबाट किरण पौड्यालले बहस गरेपछि ४ बजे आजको लागि सुनुवाइ सकियो। 

सुनुवाइ सकिएपछि धेरैजसो वकिल र पत्रकार अदालत परिसरबाट बाहिरिसकेका थिए भने कर्मचारी र न्यायाधीशहरू पनि गन्तव्यतर्फ लागिसकेका थिए। अदालतमा माहोल शान्त बन्दै थियो।

दिउँसो ४ बजेपछि ...

कार्की आफैं तारेख बुझन आउने भएपछि पत्रकारहरू र क्यामेरापर्सन फोटोका लागि र केही वकिल कार्कीको रमिता हेर्न कुरिरहेका थिए।  जब लोकमानसिंह कार्की ४ बजेर २० बजे जाँदा तारेख बुझन बा.१३च. ८५८६ नम्बरको गाडीमा अदालतमा प्रवेश गरे त्यसलगतै उनलाई पत्रकारले पछ्याए। रमिता हेर्न कर्मचारी र सुरक्षाकर्मी पनि वरपर घेरा  लाग्यो। लोकमान सर्वाेच्च अदालतको कोठ नम्बर ८ मा रहेको पेशी व्यवस्थापन शाखामा हाजिरका लागि छिरेका मात्रै के थिए घटनाले नाटकीय मोड लियो।

त्यहाँ उनी छिर्नेबित्तिकै दुई जना व्यक्ति उनको पछि लागे। ती व्यक्तिले हातमा कालो मोसो पनि बोकेका रहेछन्।उनीहरूले  लोकमानको निधारमा कालो मोसो दल्न थालिहाले। उनीहरू भष्ट्राचारीलाई कारबाही गर, भष्ट्राचारी मुर्दावाद भन्दै नारा लगाएर भाग्दैथिए। साथैमा रहेका प्रहरीले उनीहरूलाई पक्राउ गरे। रुकुमका प्रवल शाही र चन्द्रबहादुर बुढाले कार्कीमाथि अदालतभित्रै कालाेमाेसाे दलेर अाक्रमणकाे प्रयास गरेका थिए। उनीहरू नेत्रविक्रम चन्द निकट कार्यकर्ता रहेको बताइएको छ। 

 सर्वोच्चका कर्मचारी गेटमा सुरक्षाकर्मीहरू तैनाथ रहदाँ रहँदै कसरी यस्ता व्यक्ति अदालभित्र छिरे अाश्चर्य पर्दै अदालतको सुरक्षा व्यवस्थाप्रति चिन्ता जनाइरहेका थिए। पत्रकार र वकिलहरू पनि सर्वाेच्च अदालतभित्र भएको उक्त घटनाबाट त्रसित देखिन्थे।  

 लोकमानको अनुहारमा लागेको कालो अदालतका कर्मचारीले पानीले पखालिदिएका थिए। यस प्रकरणले कानुनी प्रतिरक्षा गर्नेलाई झस्काएको छ। कानुनी प्रतिरक्षाको बाटोमा बाह्य शक्तिको पहुँच स्थापित गरेको छ। 


 

More form the Internet

loading...