Suvadin, Home

निर्वाचन घोषणासँगै संविधान कार्यान्वयनतर्फ : नेता नेपाल

एमाले नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताएका छन्। प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आइतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक दलहरु निर्वाचनमा जुटिसकेका छन् र आयोगले पनि निर्वाचन सम्बन्धी कार्यतालिका अगाडि बढाइसकेको हुँदा यसबारे शंका नगरे हुन्छ।’
माधवकुमार नेपाल।

पोखरा, फागुन १५– एमाले नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताएका छन्। प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आइतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक दलहरु निर्वाचनमा जुटिसकेका छन् र आयोगले पनि निर्वाचन सम्बन्धी कार्यतालिका अगाडि बढाइसकेको हुँदा यसबारे शंका नगरे हुन्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले संविधान कार्यान्वयन, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संघीयता र समावेशीताजस्ता प्राप्त उपलव्धिको रक्षा गर्दै समृद्धिका लागि मुलुकमा शान्तिपूर्ण निर्वाचनको अपरिहार्य आवश्यकता रहेको बताए।

स्थानीय तहको निर्वाचन लगत्तै आयोगमार्पmत १ सय ६५ निर्वाचन क्षेत्रको सिमांकन टुंग्याएर प्रादेशिक निर्वाचनमा जुट्नुपर्नेमा जोड दिदैं उनले भने, ‘नेपाल र नेपाली जनताको हित विपरीत आएको संविधान संशोधनको प्रस्तावका विपक्षमा एमाले सहितका राजनीतिक दल रहेका छन्।’ रासस


 

More form the Internet

loading...