Suvadin, Home

संविधान संशोधनको पहल गर्न मोर्चालाई कांग्रेसको आग्रह

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  संविधान संशोधन प्रस्ताव पारित गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि पहल गर्नुपर्नेमा जोड दिएका छन्। सभापति देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग आफ्नै निवासमा भेटेर संविधान संशोधन प्रस्ताव पारित गराएर निर्वाचनमा जान मधेस केन्द्रित दलहरु तयार हुनुपर्ने बताएका हुन्।
मोर्चा नेताहरू।

काठमाडौं, माघ २३


सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  संविधान संशोधन प्रस्ताव पारित गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि पहल गर्नुपर्नेमा जोड दिएका छन्।

सभापति देउवाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग आफ्नै निवासमा भेटेर संविधान संशोधन प्रस्ताव पारित गराएर निर्वाचनमा जान मधेस केन्द्रित दलहरु तयार हुनुपर्ने बताएका हुन्।

बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार लागि नपरेको भन्दै आपत्ति जनाएका थिए। मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचन जान नसकिने अडान पनि राखेका थिए।

संविधान संशोधन प्रस्ताव पारित गराउन दुवै पक्ष लागि पर्ने सहमति भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए। बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल नगरेको भन्दै सरकार र सत्तारुढ कांग्रेसको आलोचना गरेका थिए।

संविधान संशोधन प्रस्ताव पारित गराउन कांग्रेसले प्रतिवद्धता जनाएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचनमा जान नसकिने अडान पनि दोहोर्याए।

बैठकमा मधेसी मोर्चाका नेताहरुले सरकार निर्माणमा सहयोग गरेपनि विभिन्न नियुक्तिहरुमा बेवास्ता गरिएको गुनासो पनि गरेका थिए। उनीहरुले मधेस आन्दोलनमा ज्यान गुमाएका ५ जनालाई अझै सहिद घोषणा नगरेकोतर्फ पनि कांग्रेस नेतृत्वको पुनः ध्यानाकर्षण गराएका थिए।


 

More form the Internet

loading...