Suvadin, Home

महन्थ ठाकुरकाे प्रष्टाेक्ति
'सम्झाैता कार्यान्वयन भए चुनाव सहभागी हुन्छाैं'

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले विगतमा भएको सहमति पालना भएमात्रै निर्वाचनमा सहभागी हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ।

विराटनगर, चैत १२ – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले विगतमा भएको सहमति पालना भएमात्रै निर्वाचनमा सहभागी हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्। 

आफूहरु निर्वाचन विरोधी नभएको भन्दै उनले निर्वाचनका लागि सरकारले सबै सहमति कार्यान्वयन गर्नुपर्ने तर्क गरेका छन्।

ठाकुरले संविधान संशोधनका विषयमा दलहरुविच सैद्धान्तिक सहमति भएपनि अहिलेसम्म ठोस सहमति हुन नसकेको उल्लेख गर्दै सिमांकनलाई थाती राखेर निर्वाचनमा भाग लिन नसकिने बताएका छन्।

निर्वाचनमा सबैको सहभागिता गराउन संविधान संशोधन आवश्यक रहेको भन्दै उनले मोर्चाको माग सम्बोधन हुने गरी संशोधन गरिनुपर्ने अडान दोहोर्याएका छन्।


 

More form the Internet

loading...