Suvadin, Home

सरकारले धोका दिएको ठाकुरको गुनासो

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफूहरुलाई धोका दिँदै गएको बताएका छन्। अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गर्छौैं भनेर सरकारले पटक–पटक धोका दिँदै आएको आरोप लगाएका हुन्।
महन्थ ठाकुर।

काठमाडौं, माघ २३ - तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफूहरुलाई धोका दिँदै गएको बताएका छन्। अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गर्छौैं भनेर सरकारले पटक–पटक धोका दिँदै आएको आरोप लगाएका हुन्। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईप्रति नै आशंका गर्ने बेला आएको टिप्पणी पनि गरे। यथास्थितिमा निर्वाचन हुनै नसक्ने अडान दोहोर्याउँदै अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव गर्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्रलाई अाग्रह गरे।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन प्रस्ताव पारित भएमात्रै निर्वाचनका विषयमा विचार गर्न सकिने अडान पनि दोहोर्याए। अध्यक्ष ठाकुरले अहिले मुलुकमा देखिएको समस्या राजनीतिक भएको बताए।

उनले समाधानका लागि पनि राजनीतिक दलहरुबीचमै सहमति हुनुपर्नेमा पनि जोड दिए। उनले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सहमत हुनै नसक्ने धारणा पनि राखेका छन्।

जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने जिकीर गरेका छन्। अध्यक्ष ठाकुरले सरकारले आफूहरुमाथि विभेद गर्दै आएको भन्दै आपत्ति पनि जनाएका छन्।


 

More form the Internet

loading...