Suvadin, Home

निर्वाचनपछि संविधान संशोधन : विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुन नसक्ने बताएका छन् । उनले पहिले निर्वाचन र पछि संशोधनको विषयलाई संसदमा पेस गरी छलफल गर्न सुझाव दिए।
नारायणमान विजुक्छे।

भक्तपुर, चैत ६– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुन नसक्ने बताएका छन् । उनले पहिले निर्वाचन र पछि संशोधनको विषयलाई संसदमा पेस गरी छलफल गर्न सुझाव दिए।

‘निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरेर बाँकी रहेका ठाउमा पछि गर्न सकिन्छ,’ रफत सञ्चार क्लबले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने।

निर्वाचन आयोगले आचारसंहिता जारी गरेता पनि ठूला दलले त्यसको पालना नगरेको आरोप लगाउँदै अध्यक्ष बिजुक्छेले आचारसंहिता लागू गर्नेतर्फ आयोगको ध्यानाकर्षण गराए । राप्रपाले सत्ताको दुरुपयोग गर्दै आयोगको काममा प्रभाव पर्ने गरी सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको उनको भनाई थियो । सरकारले आयोगलाई प्रभावमा पार्नेभन्दा पनि स्वतन्त्र रुपमा काम गर्न दिनुपर्नेमा अध्यक्ष बिजुक्छेले जोड दिएका थिए।
 


 

More form the Internet

loading...