Suvadin, Home
नेपाल मजदुर किसान पार्टीले राजनीतिक दलहरुको सम्पत्तिमाथि सीमा तोक्नुपर्ने प्रस्ताव अघि सारेको छ। अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दलहरुको सम्पत्तिमाथि सीमा नतोकिए अार्थिक विपन्नहरुले चुनाव जित्न नसक्ने बताएका हुन्। भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सम्पत्तिको बलमा मुलुकको राज्य शक्ति कब्जा गर्न नदिन पनि दलहरुको सम्पत्तिमाथि सिमा तोक्नुपर्ने अवस्था आएको बताएका छन्।
नारायणमान बिजुक्छे ।

भक्तपुर, माघ १२

नेपाल मजदुर किसान पार्टीले राजनीतिक दलहरुको सम्पत्तिमाथि सीमा तोक्नुपर्ने प्रस्ताव अघि सारेको छ। अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दलहरुको सम्पत्तिमाथि सीमा नतोकिए अार्थिक विपन्नहरुले चुनाव जित्न नसक्ने बताएका हुन्।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सम्पत्तिको बलमा मुलुकको राज्य शक्ति कब्जा गर्न नदिन पनि दलहरुको सम्पत्तिमाथि सिमा तोक्नुपर्ने अवस्था आएको बताएका छन्।

अध्यक्ष बिजुक्छेले स्थानीय निर्वाचनको तयारी भइरहेका बेला आर्थिक चलखेलको बलमा चुनाव जित्ने परिपाटीको अन्त्य गर्न सबै पक्ष लाग्नुपर्ने आवश्यक्ता औल्याए। ‘ठूला दलहरु सम्पत्ति कमाएर चुनावमा जाने तयारीमा लागेकाले निर्वाचनको मिति घोषणा गर्न ढिलाई भइरहेको हो,’ उनले भने।

अध्यक्ष बिजुक्छेले मुलुकको सबैभन्दा ठूलो प्रशासनिक निकाय सिंहदरबारलाई अपराधी संरक्षण गर्ने थलोको  रूपमा रहेकाे संज्ञा दिए। उनले सुन तस्करीको संरक्षण पनि सिंहदरबारबाटै भइहेको जिकिर गरेका छन्। अध्यक्ष बिजुक्छेले भारतले नेपालको सुरक्षा निकाय कब्जा गर्ने तयारी गरिरहेको आरोप पनि लगाएका थिए।


 

More form the Internet

loading...