Suvadin, Home

नयाँ शक्तिमा दाङबाट एक दर्जन केन्द्रीय सदस्य

नयाँ शक्ति पार्टी नेपालले दाङका १२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। पार्टीको तीन दिनसम्म चलेको  केन्द्रीय कार्यकारी बैठकले दाङका १२ सहित चार सय ९६ जनालाई केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको जनाएको छ।
नयाँ शक्ति पार्टी नेपालकाे प्रचार सामग्री ।

तुलसीपुर, फागुन २२ - नयाँ शक्ति पार्टी नेपालले दाङका १२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। पार्टीको तीन दिनसम्म चलेको  केन्द्रीय कार्यकारी बैठकले दाङका १२ सहित चार सय ९६ जनालाई केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको जनाएको छ।

फागुन ९ देखि ११ गतेसम्म बसेको उक्त पार्टीको बैठकले दाङबाट नारायण भट्टराई, सांसद गंगा चौधरी, निर्मला विक, बालकुमारी चौधरी, होमप्रसाद शर्मा, जिवी चिन्तन, सुरज सोनाम रहेका छन्।

त्यसैगरी, नन्दकुमार चौधरी, प्रभा चौधरी, घडिराम चौधरी, सबिना बुढामगर, डा. जीवराज आचार्यलाई केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको हो। नयाँ शक्ति पार्टी नेपालले  नयाँ केन्द्रीय परिषद् सहितको बैठक  फागुण २६ र २७ गते बोलाएको छ।


 

More form the Internet

loading...