Suvadin, Home

सत्तारुढ र प्रतिपक्षी दल आ-आफ्नै अडानमा

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले एमालेलाई साथमै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई साथमै लिएर अघि बढ्ने बचन दिएका हुन् ।
बैठकपछि माअोवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ।

काठमाडौं, पुस १८


सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले एमालेलाई साथमै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई साथमै लिएर अघि बढ्ने बचन दिएका हुन् ।

सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले सहमतिमै अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै सहमतिका लागि साझा धारणा बनाउन छलफललाई निरन्तरता दिने सहमति गरेका छन्।

उनीहरुले सभामुख ओनसरी घर्तीलाई पनि भेटेर सहमतिमा मुलुकलाई निकास दिन आफूहरु तयार रहेको जानकारी गराएका छन्। प्रमुख प्रतिपक्ष एमालेलाई साथमै लिएर मुलुकलाई अघि बढाउन सत्तापक्ष तयार रहेको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल जारी गरेकाले छिटै सहमतिमा पुग्न सकिने विश्वास व्यक्त गरे। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता हुने बित्तिकै संसदको गतिरोध अन्त्य हुने अडान दोहोर्याए।

उनले पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको विश्लेषण, अडान र दृष्टिकोण यथावत रहेको प्रतिक्रिया पनि दिए। संविधान संशोधन प्रस्ताव सोमबारको बैठकमा प्रक्रियामा लैजान सभामुख ओनसरी घर्तीले दवाव दिएपछि प्रमुख दलहरु पनि सहमतिका लागि निरन्तर वार्तामा बस्न पुनः प्रतिवद्ध देखिएका हुन्।

प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुले संवैधानिक प्रावधान विपरीत हुने गरी संशोधन प्रस्ताव आएको भन्दै संसदमा छलफल गराउनै नदिने अडान राख्दै आएका छन्। सत्तारुढ कांग्रेस एमालेले निर्वाचनको मिति घोषणा भए एमाले संसद अवरोध खुलाउन बाध्य हुने रणनीति तय गरेका छन्।

प्रमुख दलहरुबीच संविधान संशोधन प्रस्तावको विषयलाई लिएर तिक्तता बढ्दै गएपछि संसदमा निर्वाचनसम्बन्धी कानुनले प्रवेश पाउन सकेको छैन ।


 

More form the Internet

loading...