Suvadin, Home

समान धारणा नहुँदा पृथ्वी जयन्तीमा बिदा नदिएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको बताएका छन्। उनले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए।
प्रधानमन्त्री दाहाल।

काठमाडाैं, पुस २७


प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको बताएका छन्।

उनले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ। प्रधानमन्त्री दाहालले मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाति, वर्ग र समुदायलाई समेटेर सार्वजनिक बिदा दिने मापदण्डसहितको प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको पनि जानकारी दिएका छन्।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती मनाएकोमा धन्यवाद दिए। ‘पृथ्वी जयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको छ,’ उनले भने। पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बलियो केन्द्रित राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उल्लेख गरे।

राष्ट्रिय प्रजातन्त्र पार्र्टीले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक बिदा दिनुपर्ने  माग गर्दै आएको छ।


 

More form the Internet

loading...