Suvadin, Home

द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रितः महत
प्रधानमन्त्री दाहालकाे चीन भ्रमण भाेलिदेखि

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण औपचारिकतामा मात्रै सीमित हुने भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा मात्रै केन्द्रित हुने जानकारी गराएको हो। बिहीबार हुने प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन बुधबार मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ चीनमा नरहने भएकाले भ्रमणमा कुनै सम्झौता हुने अवस्था नरहेको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ।

काठमाडौं, चैत ९ – प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण औपचारिकतामा मात्रै सीमित हुने भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा मात्रै केन्द्रित हुने जानकारी गराएको हो। 

बिहीबार हुने प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन बुधबार मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ चीनमा नरहने भएकाले भ्रमणमा कुनै सम्झौता हुने अवस्था नरहेको स्पष्ट पारेका हुन्।

उनले सरकारले प्रधानमन्त्रीको यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध विस्तारको रुपमा लिएको पनि उल्लेख गरेका छन्। परराष्ट्रमन्त्री महतले प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गरी दुई देशबीचको बीचको आपसी हितका विषयमा कुरा गर्ने पनि स्पष्ट पारेका हुन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको भ्रमणको कार्यतालिका समेत सार्वजनिक गरेको छ। प्रधानमन्त्री दाहाल चीनको हेनान प्रान्तको बोआओ शहरमा चैत १० गते देखि १३ गतेसम्म हुन लागेको बोआओको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटघाट गर्नेछन्। उपप्रधानमन्त्री झाङ गाओलीसँग द्विपक्षीय छलफल गर्ने छन्। प्रधानमन्त्री दाहालले शुक्रबार बोआओमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

दाहालले शनिबार अर्थात मार्च २६ का दिन बेइजिङ फरेन स्टडिज युनिर्भसिटी परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने छन्। सोही दिन उनले चिनियाँ व्यापारीक समुदायलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री महतले जानकारी दिए।

प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्किने कार्यतालिका छ। प्रधानमन्त्री दाहालको भ्रमणमा कुनै उल्लेख्य सम्झौता नहुने भएपछि भ्रमण औपचारिकतामा सीमित हुने भएको छ।


 

More form the Internet

loading...