Suvadin, Home

नेपाल–भारत सम्बन्ध अझै सुमधुर हुने रायकाे विश्वास

नेपालका लागि भारतीय राजदूत रञ्जित राय ।

काठमाडौं, फागुन १३


नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल–भारतबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरेका छन्। राजदूत रायले दुवै देशबीचको सम्बन्ध जनस्तरसम्म रहेको र त्यसलाई अझै सुमधुर बनाएर लैजानुपर्नेमा पनि जोड दिएका छन्।

काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालमा छिट्टै राजनीतिक स्थायित्व कायम हुने बताएका छन्। राजदूत रायले नेपालले आर्थिक विकासको गतिले तीव्रता पाउने विश्वास पनि व्यक्त गरेका छन्। राजदूत रायले नेपालको विकासमा भारतले सधैैं साथ दिने प्रतिवद्धता पनि जनाएका छन्। 


 


 

More form the Internet

loading...