Suvadin, Home

आयोगविरुद्ध राप्रपा, परिआए सरकारबाट बाहिरिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो पार्टीको घोषित नीति ‘संवैधानिक राजतन्त्र र हिन्दू राज्य’ बिधानबाटै हटाएको बिरोधमा आयतवार यहाँ विरोध प्रदर्शन गरेको छ।

इटहरी, चैत ६– राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो पार्टीको घोषित नीति ‘संवैधानिक राजतन्त्र र हिन्दू राज्य’ बिधानबाटै हटाएको बिरोधमा आयतवार यहाँ विरोध प्रदर्शन गरेको छ।

पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा ग¥यो । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निस्किएको जुलुृसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गरे।

राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत रहेका गिरीले लगाए। रासस 


 

More form the Internet

loading...