Suvadin, Home

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले राजिनामा दिएका छन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नुअघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उनले पदबाट राजीनामा  दिएका हुन्।
ह्वाइट हाउस।

बासिङटन, फागुन ३- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले राजिनामा दिएका छन्। 

ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नुअघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उनले पदबाट राजीनामा  दिएका हुन्।

ट्रम्पले गत जनवरीमा राष्ट्रपति पद सम्हालेपछि नियुक्त गरेका मध्ये पदत्याग गर्ने उनी सबैभन्दा उच्च तहको व्यक्ति हुन्। 

ट्रम्पको चुनावी अभियानका क्रममा उच्च तहको सल्लाहकारको भूमिकामा रहेका सेनाका पूर्वजनरल कैथ केलोङलाई फ्लिनले राजीनामा दिएपछि कार्यबहाक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ। 

डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई पदबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग गरेका थिए। 

फ्लिनले आफूबारे आएका खबरहरुका लागि उपराष्ट्रपति समक्ष माफी मागेका थिए। उनले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे गलत प्रचार भएको दाबी गरेका  थिए। रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे  सर्वत्र आलोचना भए पछि उनी माथि राजीनामाको दबाब परेकाे थियो। रासस 


 

More form the Internet

loading...