Suvadin, Home

चुनाव हुनेमा सत्तारूढ दलकै नेताकाे अाशंका

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन्। कोइरालाले मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचनमा गए मुलुकमा अस्थिरता अझै बढ्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ।

काठमाडौं, चैत ११ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन्। कोइरालाले मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचनमा गए मुलुकमा अस्थिरता अझै बढ्ने चेतावनी दिएका छन्।

काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाले माग गरे अनुसार हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन नसकिने अडान पनि राखेका छन्।

नेता कोइरालाले वैशाख ३१ गते सबै प्रदेशको निर्वाचन सम्पन्न गराउने पक्षमा आफू रहेको बताए। नेता कोइरालाले श्रम आयोग गठन हुने र नेपाली श्रमिकहरुको अधिकार प्राप्तिको लडाईमा कांग्रेसले सधैं साथ दिने आश्वासन पनि दिएका छन्।


 

More form the Internet

loading...