Suvadin, Home

सीमांकनलाई पछि धकेल्ने सोच छैनः शेरबहादुर देउवा

सर्वोच्च अदालतले सीमांंकन हेरफेरका लागि प्रदेशसभामा नै पठाउनुपर्ने र प्रदेशसभाले अस्वीकृत गरे निष्किृय हुने व्यवस्था संविधानमै रहेको टिप्पणी त्यसबारे रुपान्तरित संसदले केही गर्न नसक्ने फैसला गरेको भोलिपल्टै सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्। 
शेरबहादुर देउवा।

काठमाडाैं, पुस १९


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमांकनलाई पछि धकेल्ने सोचमा पार्टी नरहेको स्पष्ट पारेका छन्।

सर्वोच्च अदालतले सीमांंकन हेरफेरका लागि प्रदेशसभामा नै पठाउनुपर्ने र प्रदेशसभाले अस्वीकृत गरे निष्किृय हुने व्यवस्था संविधानमै रहेको टिप्पणी त्यसबारे रुपान्तरित संसदले केही गर्न नसक्ने फैसला गरेको भोलिपल्टै सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्। 

सभापति देउवाले सीमांकनका विषयमा संशोधन विधेयकमा उल्लेख भए बमोजिम नै जानुपर्छ भन्ने सोचमा आफ्नो पार्टी रहेको स्पष्ट पारे। उनले संशोधनमा उल्लेख भएको व्यवस्था बमोजिम नै अघि बढ्न सके विवाद कम हुने तर्क गरे।

सभापति देउवाले कुनै पनि अवस्थामा मंसिरभित्र स्थानीय, प्रान्तीय र संघीय निर्वाचन गर्नुपर्नेमा जोड दिए। संविधान संशोधन प्रस्तावमा दुई तिहाई पुग्छ त भन्ने पत्रकारको  जिज्ञासामा उनले एमालेले पनि संसोधन विधेयकको पक्षमा भोट हाल्ने दाबी गरे।

निर्वाचन गराउनका लागि आवश्यक कानुन र तयारी नभएको सम्बन्धी जिज्ञासामा उनले सबै काम हुने संक्षिप्त प्रतिक्रिया दिएका छन्।


 

More form the Internet

loading...