Suvadin, Home
Nepal Life Insurance Ltd.

तीन बुदेँ सहमति कार्यान्वयन नहुदाँसम्म मधेशी मोर्चाले संसद् बहिष्कार गर्ने

काठमाडाैं

मधेशी मोर्चाले आजको संसद्को बैठक बहिष्कार गरेका छन् । संसद्मा अख्यिार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध महाअभियोगको प्रस्तावमा छलफल भए पनि सद्भावना, तमोलोपा, संघीय समाजवादी लगायतका ४२ जना सांसद्ले सदन बहिष्कार गरेका हुन् । 

सरकार गठनका बेला मोर्चासंग गरिएको ३ बुदेँ सहमति सरकारले अहिलेसम्म कार्यान्वयन नगरेको कारण संसद् बहिष्कार गरेको मोर्चाको भनाइ छ । त्यस्तै मोर्चाले संविधान संशोधनका लागि पेश गरेको ११ बुदेँ माग पनि सरकारले वेवास्ता गरेको साथै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन नचाहेको कारण सदन बहिष्कार गरेको सद्भावना पार्टी संसदीय दलका नेता लक्षमण लाल कर्णले बताए । सरकारलाई तीन बुदेँ माग कार्यान्वयनका लागि कार्तिक मसान्तसम्मको समय सीमा दिएको र यो अवधिसम्म आपना मागप्रति वेवास्ता गरिए संसद् अवरुद्ध गर्ने उनले बताए ।

 

More form the Internet

loading...