Suvadin, Home

चन्द नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रमुखमा सरकारले गरेको नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्न भएको निर्णय कार्यान्वयन नगर्न–नगराउन भनेको हो। अधिवक्ता कपिलदेव ढकालले नेपाल प्रहरी प्रमुखमा चन्दको नियुक्ति कानुन विपरीत रहेको दावी गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालत।

काठमाडौं, फागुन १


सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रमुखमा सरकारले गरेको नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्न भएको निर्णय कार्यान्वयन नगर्न–नगराउन भनेको हो।

अधिवक्ता कपिलदेव ढकालले नेपाल प्रहरी प्रमुखमा चन्दको नियुक्ति कानुन विपरीत रहेको दावी गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलालले प्रहरी प्रहरीमा चन्दलाई गरिएको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो। आइतबार दिउसो रिटको

सुनुवाई गर्दै सर्वोच्चले ‘जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकको रुपमा काम नगर्न–नगराउन निर्णय आदेश दिएको हो। सर्वोच्चको आदेशमा मुद्धाको अन्तिम फैसला नभएसम्म प्रहरी महानिरीक्षणका रुपमा काम नगर्न भनिएको छ। 

यसैबीच, सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आइतबार दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको थियो। नेपाल प्रहरीको संगठनभित्र तेस्रो वरियतामा रहेका चन्दलाई महानिरीक्षक बनाउने सरकारी निर्णयका सर्वत्र विरोध भइरहेको छ।

यसैगरी, सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका हुन्। दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए।

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा गृहमन्त्री विमलेन्द्र निधिले उनलार्इ महानिरीक्षक बनाउन प्रस्ताव गरेका थिए। सत्ताबाटै बाहिरिने चेतावनी देउवाले दिएपछि प्रधानमन्त्री पुष्पकलम दाहालसमेत चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गर्न बाध्य भएका थिए।
 


 

More form the Internet

loading...