Suvadin, Home

राष्ट्रको इज्जत, राजदूतको मर्यादा रहेन
मेनपावर व्यवसायी शर्मिला पराजुलीविरूद्ध सर्वसाधारण ठगेको अभियोग

संसदीय सुनुवाइ समिति सदस्यहरूका अनुसार उनीविरूद्ध इमेलबाट पनि उजुरी परेको छ। उनलाई मेनपावर व्यवसायी हुँदा थुप्रै सर्वसाधारण ठगेको आरोप उजुरीमा लगाइएको छ। संसदीय सुनुवाइ समिति सदस्यका अनुसार उनीविरूद्ध दैनिक पत्रपत्रिका तथा अनलाइनमा छापिएका समाचार पनि उजुरीमा परेका छन्। 
शर्मिला पराजुली।

काठमाडौं, चैत ४ - ओमानका लागि राजदूत सिफारिसमा परेकी मेनपावर व्यवसायी शर्मिला पराजुलीलाई मेनपावर कम्पनी सञ्चालन गर्दा सर्वसाधारण ठगेको आरोप लागेको छ। विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजदूत सिफारिस परेकी पराजुलीविरूद्ध संसदीय सुनुवाइ समितिमा तीन वटा उजुरी परेका हुन्। 

संसदीय सुनुवाइ समिति सदस्यहरूका अनुसार उनीविरूद्ध इमेलबाट पनि उजुरी परेको छ। उनलाई मेनपावर व्यवसायी हुँदा थुप्रै सर्वसाधारण ठगेको आरोप उजुरीमा लगाइएको छ। संसदीय सुनुवाइ समिति सदस्यका अनुसार उनीविरूद्ध दैनिक पत्रपत्रिका तथा अनलाइनमा छापिएका समाचार पनि उजुरीमा परेका छन्। 

‘विशेषतः मेनपावर व्यवसायी हुँदा सर्वसाधारण ठगेको आरोप लगाएर उजुरी परेको छ,’ संसदीय सुनुवाइ विशेष समिति सदस्य भानुभक्त ढकालले शुभदिनसँग भने, ‘इमेलबाट पनि उजुरी आएको छ, ती सबै उजुरी संकलन गर्ने काम भइरहेको छ, बैठक सुरू भएपछि छानविन हुन्छ।’ 

उनका अनुसार बैठक केही दिन सरेकाले उजुरीमाथि अहिले नै छानविन सुरू भएको भन्न मिल्दैन। ‘पहिला त बैठक बस्नुपर्यो, त्यसपछि छानविनको कार्य अगाडि बढ्छ,’ संसदीय सुनुवाइ विशेष समिति सभापति कुलबहादुर गुरुङले भने, ‘अहिले आएका उजुरी संकलन गरेर सुरक्षित गर्ने काम भइरहेको छ।’ 

संसदीय सुनुवाइ समितिबाट मेनपावर व्यवसायी पराजुली रोकिन सक्ने सम्भावना रहन्छ। तर, यसअघिका सुनुवाइले यस्ता विवादास्पद नियुक्ति तथा सिफारिसमा ‘तातोपानी’ लगाउन सकेको छैन।

यो पनि हेर्नुहोस्

मेनपावर व्यवसायी शर्मिला पराजुलीको जित, नेपाली कूटनीतिको हार

मेनपावर व्यवसायीलाई राजदूत नबनाऊ

शेरबहादुरकी सासु, कमल थापाका सम्धीदेखि मेनपावर व्यवसायी राजदूत सिफारिस

​​​​​​​सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये तीन जनाविरुद्ध उजुरी परेको छ। शर्मिला पराजुलीलेविरूद्ध सबैभन्दा बढी तीन वटा उजुरी परेका छन्। त्यस्तै, रमेश कोइराला र निरञ्जन थापाविरुद्ध पनि उजुरी परेका छन्। 

कोइरालाविरुद्ध दुई र थापाविरुद्ध एउटा उजुरी परेको समितिले जनायो। कोइराला कतारका लागि र र थापालाई इजरायलको राजदूतमा सिफारिसमा परेका छन्। 

इजरायलका लागि सिफारिस भएका निरञ्जन थापा जनआन्दोलन २०४६ पछि गठित मल्लिक आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्ति हुन्। कांग्रेसको कोटाबाट कतारका लागि राजदूतमा सिफारिस भएका कोइराला पूर्वश्रममन्त्री टेकबहादुर गुरुङका सल्लाहकार हुन्। 

समितिले बिहीबारसम्म सिफारिस गरेका राजदूतविरुद्धको उजुरी लिएको थियो। सरकारले लक्की चौधरीलाई अष्ट्रेलिया, महेन्द्रबहादुर सिंहलाई साउदी अरब, पदम सुन्दासलाई बहराईन र युवनाथ लम्साललाई डेनमार्क, विश्वम्भर प्याकुरेललाई श्रीलंका, चोपलाल भुसाललाई बंगलादेश, भीम उदासलाई म्यानमार र प्रतिभा राणालाई जापानका लागि राजदूतमा सिफारिस गरेको छ।

राजदूतका सिफारिस गरिएका अन्यविरुद्ध भने उजुरी परेको छैन। समितिले उजुरीमाथि सामान्य सोधपुछ गर्न पनि सुरू गरेको छ। उजुरीकर्तालाई नै बोलाएर छानविन गर्ने र सो सम्बन्धमा सिफारिस गरिएका सम्बन्धित राजदूतहरूसँग पनि सोछपुछ हुने समितिले जनाएको छ।

समितिले छानविन र सोधपुछको काम सकिएपछि सिफारिस गरिएका राजदूतहरूको नाम अनुमोदन गर्नेछ। संसदीय समितिले अनुमोदन गरेपछि मात्रै राजदूत नियुक्त प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्था छ। 

फ्लोरिड रिसोर्स सोलुसनकी नामक मेनपावर कम्पनीकी निर्देशक पराजुली विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सिफारिसमा परेकी हुन्। परराष्ट्र मन्त्रालयले उनको नाम फिर्ता लिए पनि गच्छदारको जोडबलमा सरकारले उनको नाम सिफारिसमा राखेको थियो। युएईका लागि सिफारिसमा परेकी आशा लामाको नाम फिर्ता लिँदा परराष्ट्र मन्त्रालयले पराजुलीको नाम पनि हटाएर फाइल मन्त्रिपरिषद पठाएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न बालुवाटार पुगेर गच्छदारले पराजुलीको नाम फिर्ता लिए अप्ठेरो पर्ने भन्दै विन्ति गरेका थिए। फोरम लोकतान्त्रिकसँग पराजुलीको साइनो छैन। पराजुलीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले पनि ओमानका लागि राजदूत सिफारिस गरेको थियो।

उनलाई फोरम लोकतान्त्रिकका नेताहरू चिन्दैनन्, गच्छदारले मात्रै चिन्छन्। यसअघि पनि पार्टीबाट हुने निर्णयमा गच्छदारले ‘एकलौटी’ गर्ने गरेको आरोप लाग्ने गरेको छ। पराजुलीलाई चिन्ने मेनपारवर व्यवसायीहरूका अनुसार उनका परिवार सबै वैदेशिक रोजगार व्यवसायी हुन्। श्रीमान् बिमल ढकाल फ्लोरिडका सञ्चालक हुन्। जेठाजू कमल ढकाल पनि सोही मेनपावरमा आवद्ध छन्। खाडीका विभिन्न कम्पनीलाई कामदार आपूर्ति गर्ने बिएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्टसमेतमा पराजुली संलग्न छिन्। रोयलले खाडी तथा युएईमा कामदार आपूर्ति गर्ने गरेको छ।

पराजुली दम्पत्ति पहिले मलेसियामा नेपाली कामदार आपूर्ति गर्थे। नेपालीलाई चरम ठगी गरेको आरोप लागेपछि मलेसियास्थित नेपाली राजदूतावासले उनीहरूको मेनपावरलाई मलेसियामा ‘निषेध’ गरेको थियो। मलेसियामा कामदार पठाउन अवरोध सिर्जना भएपछि उनीहरूले युएईमा थालेका थिए।

सन् २०१४ सेप्टेम्बरमा ओमनमा नेपाली दूतावास खुलेको हो। ओमनका लागि राजदूत सिफारिस पराजुली पहिलो व्यक्ति हुन्। झापा घर बताउने पराजुली सबैभन्दा पहिले केपी ओलीकहाँ पुगेकी थिइन्। ‘पारिवारिक नाता’ बताउँदै उनले पहिला ओलीको सोर्स लगाएर राजदूत बन्न खोजेकी थिइन्। ओलीले पार्टीमा विवाद आउने भन्दै गच्छदारको पार्टीबाट सिफारिस गराएका थिए। पराजुलीको नाम सिफारिस गर्दा गच्छदारले राम्रै आम्दानी गरेको आरोप लागेको छ।


 

More form the Internet

loading...