Suvadin, Home

मालिक र श्रमिकबीच सन्तुलन सम्बन्ध चाहिन्छः बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले श्रमिकहरुको रोजगारीको सुनिश्चित गर्दै स्वरोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको अभावमा रोजगारीका अवसर  सिर्जना नहुने र श्रमिकको अभावमा पूँजीको उचित परिचालन हुन नसक्ने स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्। भट्टराईले पूँजी लगानी गर्ने मालिक र श्रमको लगानी गर्ने श्रमिकबीच गतिशील सन्तुलन कायम गरी अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। संयोजक भट्टराईले नेपाल समाजवादी ट्रेड यूनियन पूराना ट्रेड युनियनहरुको निरन्तरता नभई नयाँ सोच, विवचार र कार्यशैलीसहित सुरु गरिएको वैकल्पिक महासंघ भएको पनि बताए।
स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघका पदाधिकारीलाई पार्टी प्रवेश गराउँदै संयोजक भट्टराई। तस्विरः शुभदिन

काठमाडौं, माघ २९


नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले श्रमिकहरुको रोजगारीको सुनिश्चित गर्दै स्वरोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको अभावमा रोजगारीका अवसर  सिर्जना नहुने र श्रमिकको अभावमा पूँजीको उचित परिचालन हुन नसक्ने स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।

भट्टराईले पूँजी लगानी गर्ने मालिक र श्रमको लगानी गर्ने श्रमिकबीच गतिशील सन्तुलन कायम गरी अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। संयोजक भट्टराईले नेपाल समाजवादी ट्रेड यूनियन पूराना ट्रेड युनियनहरुको निरन्तरता नभई नयाँ सोच, विवचार र कार्यशैलीसहित सुरु गरिएको वैकल्पिक महासंघ भएको पनि बताए।

स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघका पदाधिकारीलाई पार्टी प्रवेश गराउँदै संयोजक भट्टराईले नेपाल समाजवादी ट्रेड युनियनमा षड्यन्त्रमूलक व्यवहार नभई सहभागितामूलक निर्णय प्रक्रिया र समावेशी नेतृत्व हुने बताए।

खगेन्द्र प्याकुरेलको नेतृत्वको स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ एक कार्यक्रमका बीच नयाँ शक्ति पार्टी नेपालको नेपाल समाजवादी ट्रेड युनियन महासंघमा एकीकरण भएको हो।

महासंघमा प्याकुरेलसँगै कृष्णप्रसाद सुवेदी (बुहदल कान्छा), मणिकुमार घिमिरे, राजेश मैनाली, बलबहादुर तामाङ, पाण्डवप्रसाद थपलिया, सनकबहादुर मैनाली, पवनजङ्ग मैनाली, राजकुमार श्रेष्ठ, सुरेन्द्र मोक्तान, सीता दाहाल, कृष्णकला ढकाल, बिन्दा गिरी, निर्मला पौडेल, सत्यनारायण चौधरी लगायत रहेका छन्।

कार्यक्रममा कृष्ण सुवेदी र खगेन्द्र प्याकुरेलले अन्य पार्टीका नेतृत्वभन्दा नयाँ शक्ति पार्टी र त्यसको नेतृत्वप्रति आफूहरु विश्वस्त रहेर समाजवादी ट्रेड युनियनमा एकीकृत भएको बताए। उनहरुले नेपाल समाजवादी ट्रेड यूनियनलाई एक नम्बरको ट्रेड यूनियन बनाउने दाबी पनि गरे।

कार्यक्रम नेपाल समाजवादी ट्रेड युनियन महासंघका संयोजक लालध्वज नेम्बाङ, नयाँ शक्ति पार्टी नेपालका सह–संयोजक महेश कोर्मोचा, दुर्गा सोब, संगठन विभाग संयोजक देवेन्द्र पौडेल, आंगिक प्रदेश प्रमुख कुमार पौडेल, प्रवक्ता खिमलाल देवकोटा लगायतले रोजगारमूलक कार्यक्रममा श्रमिकको हक हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।


 

More form the Internet

loading...