Suvadin, Home

संशाेधनलार्इ चुनावी एजेन्डा बनाउनुस्ः नेम्वाङ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशाेधनको मागलाई निर्वाचनको एजेन्डा बनाएर भाग लिन मधेस केन्द्रित दललाई आग्रह गरेको छ। व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा समय लिएर बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयक तत्काल पारित हुने अवस्था नभएकाले आफ्ना मागलाई निर्वाचनमा मुद्दाको रुपमा लिएर सहभागी हुन आग्रह गरेका छन्। 
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ ।

काठमाडौं, चैत १ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशाेधनको मागलाई निर्वाचनको एजेन्डा बनाएर भाग लिन मधेस केन्द्रित दललाई आग्रह गरेको छ।

व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा समय लिएर बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयक तत्काल पारित हुने अवस्था नभएकाले आफ्ना मागलाई निर्वाचनमा मुद्दाको रुपमा लिएर सहभागी हुन आग्रह गरेका छन्। 

उपनेता नेम्वाङले संशोधन विधेयकमाथिको संसदीय कारबाहीमा पक्ष–विपक्ष जे भए पनि राज्य र राज्य पद्धतिको साखलाई हार्न दिनु नहुने बताएको छन्।

अलि फरक र शालिन रुपमा बोल्ने नेम्वाङले आन्दोलनलाई निर्वाचनसँग जोडेर आफ्ना मागमा विरोध गर्ने दलहरुलाई पराजित गर्न आग्रह गरेका छन्। संशोधन विधेयकलाई तत्काल थाती राखेर निर्वाचनमा भाग लिन पनि आग्रह गरेका छन्।

बोल्ने क्रममा उपनेता नेम्वाङले संविधानले दिएको अधिकारबारे जनतालाई जानकारी दिन गरेको विरोधले मधेसी मोर्चा के गर्दैछ भन्ने बुझ्न नसकिएको बताएका छन्।

आफ्नो मुद्दालाई संस्थागत गर्न पनि मधेसी मोर्चा निर्वाचनमा आउनुपर्ने बताए। निर्वाचनको अर्को प्रसंगमा सरकार निर्वाचन गराउन अझै जोडका साथ लाग्नु पर्ने बताएका छन्।


 

More form the Internet

loading...