Suvadin, Home

संघीय गठबन्धनकाे घाेषणा
'सरकारलार्इ दिएकाे समर्थन फिर्ता'

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। त्यसको औपचारिक जानकारी सभामुखलाई दिने उनले बताएका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनका सांसद ।

काठमाडौं, चैत २ - व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। त्यसको औपचारिक जानकारी सभामुखलाई दिने उनले बताएका छन्। 

वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उनले दिए। 

साथै उनले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गरे। उक्त घोषणासँगै संघीय समाजवादी फोरम नेपाल, संघीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिएका थिए। 

बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्। सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकालले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए। 


 

More form the Internet

loading...