Suvadin, Home

चुनाव घाेषणा लगतै डिआइजी सरुवाकाे तयारीमा गृहमन्त्रालय

सरकारले स्थानीय निकाय चुनावको मिति घोषणा गरेपछि नेपाल प्रहरीमा केही डिआइजीहरुको सरुवा तयारी गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधिले चुनाव मिति घोषणा भएसँगै सुरक्षा निकायका उच्च अधिकारीको सरुवा तयारी गरेका हुन्। नेपाल प्रहरीको पूर्व क्षेत्र प्रमुख रहेका डिआइजी केशरीराज घिमिरे र मध्यक्षेत्र प्रमुख रहेका पशुपति उपाध्यायको ठाउँमा नयाँ डिआइजीको सरुवा लगभग निश्चित भएको छ। मन्त्रालयले डिआइजी गणेश केसीलाई मध्यक्षेत्र र रमेश भट्टराईलाई पूर्व क्षेत्रीय प्रहरी प्रमुखमा पठाउने तयारी गरेको छ।
गृहमन्त्री बिमलेन्द्र निधि ।

काठमाडौं, फागुन १०


सरकारले स्थानीय निकाय चुनावको मिति घोषणा गरेपछि नेपाल प्रहरीमा केही डिआइजीहरुको सरुवा तयारी गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधिले चुनाव मिति घोषणा भएसँगै सुरक्षा निकायका उच्च अधिकारीको सरुवा तयारी गरेका हुन्।

गृहमन्त्रालय उच्च अधिकारीहरूका अनुसार गृहमन्त्रीले पाँचै विकास क्षेत्रसहित विमानस्थल, ट्राफिक महाशाखा, लागूऔषध र केन्द्रीय अनुसन्धान व्यूराेको नेतृत्व हेरफेर गर्ने तयारी गरेका हुन् ।  
नेपाल प्रहरीको पूर्व क्षेत्र प्रमुख रहेका डिआइजी केशरीराज घिमिरे र मध्यक्षेत्र प्रमुख रहेका पशुपति उपाध्यायको ठाउँमा नयाँ डिआइजीको सरुवा लगभग निश्चित भएको छ।

मन्त्रालयले डिआइजी गणेश केसीलाई मध्यक्षेत्र र रमेश भट्टराईलाई पूर्व क्षेत्रीय प्रहरी प्रमुखमा पठाउने तयारी गरेको स्रोतको दाबी छ। यसअघि, डिआइजी उपाध्याय तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दवावमा मध्यक्षेत्र सरुवा भएका थिए।


 

More form the Internet

loading...