Suvadin, Home

एमाले स्वयंसेवकले धूमपान र मापसे गर्न नपाउने

एमालेले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौ बुँदे आचारसंहिता जारी गरेको छ । चैत ५ सम्म चल्ने उक्त अभियानका लागि जारी गरिएको आचारसंहिता अनुसार स्वयंसेवकले तोकिएको कार्य निर्धारित समयसीमाभित्र पूरा गर्नुपर्ने, ‘चेन अफ कमान्ड’ मा परिचालित हुनुपर्ने, आवास तथा भोजनका लागि तोकिएको स्थान प्रयोग गर्नुपर्ने र अभियान अवधिभर मद्यपान र धूमपान सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

काठमाडौं, फागुन १७ – एमालेले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौ बुँदे आचारसंहिता जारी गरेको छ । चैत ५ सम्म चल्ने उक्त अभियानका लागि जारी गरिएको आचारसंहिता अनुसार स्वयंसेवकले तोकिएको कार्य निर्धारित समयसीमाभित्र पूरा गर्नुपर्ने, ‘चेन अफ कमान्ड’ मा परिचालित हुनुपर्ने, आवास तथा भोजनका लागि तोकिएको स्थान प्रयोग गर्नुपर्ने र अभियान अवधिभर मद्यपान र धूमपान सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

स्वयंसेवकले पार्टीका नेता तथा स्थानीय समुदायलाई आदरपूर्वक व्यवहार गर्नुपर्ने, केन्द्रीय तहबाट परिचालित हुने स्वयंसेवकले स्थानीय स्वयमसेवकसँग आवश्यक समन्वय गर्नुपर्ने, स्थानीय तहमा विभिन्न कोणबाट अभियानबारेमा सोधखोज भएमा जिम्मेवारपूर्वक पार्टीको धारणा राख्नका लागि आचारसंहितामा निर्देशन गरिएको छ।

अभियानमा सहभागी स्वयंसेवकले विभिन्न कोणबाट प्राप्त गरेका सूचना टोली नेतामार्फत नेतृत्व समक्ष पु¥याउनुपर्ने तथा सेल्फी खिंच्न, घुमफिर गर्न र अनावश्यक समय खर्च नगर्न पनि आचारसंहितामा भनिएको छ।

अभियानमा करिब दश हजार स्वयमसेवक परिचालन गरिने छ । मुलुकका ३० स्थानमा आमसभा, झाँकी प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् । सो क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा संविधान संशोधनभन्दा पनि कार्यान्वयनका पक्षका बारेमा स्थानीय जनतालाई बुझाइने छ। रासस


 

More form the Internet

loading...