Suvadin, Home

संसद चल्न नदिने एमाले निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यथास्थितिमा व्यवस्थापिका संसद बैठक चल्न नदिने निर्णय गरेको छ। एमाले स्थायी समितिको शनिबार बसेको बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभई संसद बैठक चल्न नदिने अडानबाट पछि हट्न नसकिने निर्णय गरेको हो।
एमाले पार्टी कार्यालय।

काठमाडौं, पुस २३


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यथास्थितिमा व्यवस्थापिका संसद बैठक चल्न नदिने निर्णय गरेको छ। एमाले स्थायी समितिको शनिबार बसेको बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभई संसद बैठक चल्न नदिने अडानबाट पछि हट्न नसकिने निर्णय गरेको हो।

ललितपुरको भैंसेपार्टीस्थित पार्टी उपाध्यक्ष बामदेव गौतमको निवासमा अपराह्न बसेको बैठकले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न पनि सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिन बाध्य हुनैपर्ने निष्कर्ष समेत निकालेको छ।

सरकारले आइतबार संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेपछि एमालेले त्यसको प्रतिवाद गर्ने पुरानै अडान दोहोर्याएको हो। एमालेले संसदबाट सीमांकनको हेरफेर गर्न नमिल्ने आदेश सर्वोच्च अदालतले दिएको व्याख्या गर्दै सरकार र सत्तारुढ कांग्रेस तथा माओवादी केन्द्रलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन दबाब दिँदै आएको छ।

संविधान संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनमा केन्द्रित गराउन सरकारलाई पुनः आग्रह गरिएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले सर्वोच्च अदालतको आदेशपछि सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने कानुनी र नैतिक कुनै पनि आधार रहेको दाबी समेत गरे।

एमालेले शुक्रबार काठमाडौंमा भएको जनशक्ति प्रर्दशनका क्रममा साथ दिने सबैप्रति आभार पनि व्यक्त गरेको छ। राष्ट्रियताको जर्गेना गर्न नेपाली पार्टीहरूले दिएको साथप्रति धन्यवाद व्यक्त गरिएको सचिव ज्ञवालीले बताए।

एमालेसहितका नौ दलले विदेशीको इसारामा सरकारले राष्ट्रहित विपरित संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै फिर्ता लिन दबाब दिँदै सदन र संघर्ष संघर्षलाई तीव्रता दिँदै आएका छन्।

 


 

More form the Internet

loading...