Suvadin, Home

स्थानीय तहको संख्या बढाउनै नहुने एमालेकाे अडान

प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पार्टी स्थायी समितिको अनौपचारिक बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको हो। बैठकले निर्वाचन सुनिश्चित हुने वातावरण निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। राजनीतिक, कानुनीलगायतका निर्वाचन गराउने वातावरणको सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
छलफलमा एमाले नेताहरू । फाइल तस्विर

काठमाडाैं, फागुन १०


प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पार्टी स्थायी समितिको अनौपचारिक बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको हो।

बैठकले निर्वाचन सुनिश्चित हुने वातावरण निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। राजनीतिक, कानुनीलगायतका निर्वाचन गराउने वातावरणको सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले निर्वाचनलाई प्रभावित तुल्याउने गरी निर्णय नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सरुवा, बढुवा लगायतको काम नगर्न सरकारसँग आग्रह गरिएको हो। सरकारले निर्वाचनको मिति घोषणा गरेदेखिनै निर्वाचन आचारसंहिता लागू गर्नुपर्ने निर्वाचन आयोग ऐनमै व्यवस्था गरिएको छ।

एमालेले स्थानीय तहको संख्या बढाउन नहुने पार्टीको अडान पनि दोहोर्याएको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले तरार्इ-मधेसमा स्थानीय तहको संख्या बढाउने निर्णय गरेको थियो।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्ने एमालेले माग गर्दै आएको छ। एमालेले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुन नदिने जिकीर पनि गर्दै आएको छ।


 

More form the Internet

loading...